Friday, June 12, 2015

कोपा अमेरिका २०१५ र समय तालिका Copa America 2015

0 comments


काठमाडौं, जेष्ठ २८ । अमेरिकी महादेशको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता कोपा अमेरिका शुक्रबार बिहानदेखि चिलीमा सुरु हुँदैछ ।प्रतियोगितामा दक्षिण अमेरिकाका १० र आमन्त्रित दुई गरी १२ राष्ट्र सहभागी छन् । प्रतियोगितामा सहभागी राष्ट्रहरुलाई तीन समूहमा विभाजन गरिएको छ ।प्रतियोगिताको समूह ‘ए’मा आयोजक चिलीसहित मेक्सिको, इक्वेडर र बोलिभिया छन् । यस्तै, समूह ‘बी’मा अर्जेन्टिना, साविक विजेता उरुग्वे, पाराग्वे र जमैका छन् भने समूह ‘सी’मा ब्राजिल, कोलम्बिया, पेरु र भेनेजुएला छन् ।विश्व फुटबलका पावर हाउसहरु ब्राजिल, अर्जेन्टिना, उरुग्वे आदी राष्ट्रहरुको जमघट हुने कोपा अमेरिकालाई विश्वकप र युरोकपपछि सबैभन्दा बढी रुचाइने र हेरिने प्रतियोगिताको रुपमा लिइन्छ ।वर्तमान विश्व फुटबलका उत्कृष्ट खेलाडीहरु लियोनल मेसी, लुइस सुवारेज, नेइमार, अलेक्सिस सान्चेज, जेम्स रोड्रिग्वेज एकअर्काविरुद्ध मैदानमा उत्रने भएकाले पनि फुटबल समर्थकका लागि कोपा अमेरिकाको यो संस्करण बहुप्रतिक्षित बनेको छ ।प्रतियोगिताको यो संस्करणमा लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिना, ब्राजिल र साविक विजेता उरुग्वेलाई मुख्य दाबेदारको रुपमा हेरिएको छ ।तर, पछिल्लो विश्वकपमा गतिलो प्रदशन गरेको कोलोम्बिया, मेक्सिको र आयोजक चिली पनि प्रतियोगितामा सुखद नतिजा निकाल्न सक्षम छन् । अहिलेसम्म उरुग्वेले सर्वाधिक १५ पटक कोपा अमेरिकाको उपाधि जितेको छ ।यस्तै, अर्जेन्टिनाले १४ पटक उपाधि कब्जा गर्दा ब्राजिल ८ पटक विजेता बनेको छ । पाराग्वे र पेरुले समान २–२ पटक उपाधि जित्दा कोलम्बिया र बोलिभिया १–१ पटक च्याम्पियन बनेका छन् ।प्रतियोगिताको उद्घाटन खेलमा  त्यहाको समय(2015 -06 -11 ) 20 :30 UTC -3.(+8hour45minute )नेपाली समयअनुसार १२ गते शुक्रबार बिहान सवा ५ बजे आयोजक राष्ट्र चिलिले इक्वेडरको सामना गदैछ । प्रतियोगिता आगामी जुलाई ४ सम्म सन्चालन हुनेछ
copa america offical  link
Copa America 2015 Complete Matches Schedule in Nepal Standard Time
#noDateTime(IST)MatchesScoresWinners
112-06-201505:15amChile vs Ecuadorn/a2—0
213-06-201505:15amMexico vs Bolivian/a0—0 
314-06-201512:45amUruguay vs Jamaican/a1—0
414-06-201503:15amArgentina vs Paraguayn/a2—2
515-06-201512:45amColombia vs Venezuelan/a0—1
615-06-201503:15amBrazil vs Perun/a2—1
716-06-201502:45amEcuador vs Bolivian/a2—3 
816-06-201505:15amChile vs Mexicon/a3—3 
917-06-201502:45amParaguay vs Jamaican/a1—0
1017-06-201505:15amArgentina vs Uruguayn/a0—1
1118-06-201505:45amBrazil vs Colombian/a0—1
1219-06-201505:15amPeru vs Venezuelan/a1—0 
1320-06-201502:45amMexico vs Ecuadorn/a1—2
1420-06-201505:15amChile vs Bolivian/a5—0
1521-06-201512:45amUruguay vs Paraguayn/a1—1
1621-06-201503:15amArgentina vs Jamaican/a1—0
1722-06-201512:45amColombia vs Perun/a0—0
1822-06-201503:15amBrazil vs Venezuelan/a2—1
 Copa America 2015 Quarter Final Matches Schedule and Results In Nepal Standard Time
#noDateTime(IST)MatchesScoresWinners
1925-06-201505:15amChile        vs Uruguayn/a1—0
2026-06-201505:15amBoliva      vs Perun/a1—3
2127-06-201505:15amArgentina vs Colombian/a5—4 (पेनाल्टी०-०)
2228-06-201503:15amBrazil       vs Paraguay—n/a3—4 (पेनाल्ट१-१)

Copa America 2015 Semi Final Matches Schedule and Results In  Standard Time
#noDateTime(IST)MatchesScoresWinners
2330-06-201505:15amChile vs Perun/a2—1
2401-07-201505:15amArgentina vs Paraguayn/a6—1

Copa America 2015 Final Matches Results (Losers and Finals)
#noDateTime(IST)MatchesScoresWinners
2504-07-201505:15amPeru—Paraguayn/a
2—0
2605-07-201501:45amArgentina —Chilin/a1—4 penalty

0 comments:

Like us

 

Search

 
Enjoy the site