Monday, June 8, 2015

glass bridge china सिशाको ठुलो आकासे पुल

0 comments
      जेठ २५, चीनमा अब आकाशमा हिँड्न सकिने भएको छ । पारदर्शी शिशाबाट बनाइएको एउटा शिशाको पुलमा हिँड्दा मानिसलार्इ आकाशमै रहेको महसुस हुने बताइएको छ । 
डेलीमेलका अनुसार पूर्वी चीनको के सिनियुझाई नेशनल जिओपार्कमा पारदर्शी शिशबाट निर्मित दुर्इ पहाडबीचको यो शिशाको पुल नेपाली झोलुङ्गे पुलकै शैलीमा बनाइएको छ ।
पारदर्शी शिशाले बनेको यो पुलमा थरीथरीका संगीतसमेत सुनाउने व्यवस्था गरिएको छ । यसै महिनाबाट यो पुल सञ्चालमा आइसकेको छ। शिशाले बनेको १९ फिट फराकिलो यो पुलमा एक पटकमा ८ सय जना मानिस थेग्न सक्ने बताइएको छ ।
अग्लो र हेर्दे डरलाग्दा दुर्इ पहाडबीच जमीनबाट एक हजार चार सय १० फिटमाथिको यो पुल बनाउन शिशामात्रै प्रयोग गरिएको छ । पारदर्शी भएकाले त्यहाँमाथिबाट हिँड्नेलार्इ आफू आकाशमा हिँडेको अनुभूति हुन्छ । शिशाको दोहोरो दोहोरो तहको प्रयोग गरि बनाइएको यो पुल ५९९ फिट लामो रहेको छ ।
यो पुलमा हिँड्दा हिँड्दै संगीतको नयाँ धुन बनाउन सक्ने सुविधा पनि छ । तर यसको विशेषता भनेको निरन्तर बजिरहने संगीतको धुन हो । चीनमा यस्ता अन्य पुल पनि रहेका छन् । चीनले बनाएको शिशाको यो पुल विश्वकै लामो र अग्लो हो ।
पुल पारदर्शी भएकाले यहाँ हिँड्ने धेरै मानिसहरु डराउने गरेका छन् । डराएकै कारण मानिसहरु बीचबाट निहिँडी रेलिङ समाउने गरेका छन्  डरकै कारण मानिसहरु यो पुलमा बिस्तारी हिँड्ने गरेका छन् । यो पुलमा हिँड्दा अधिकांश मानिस डराउँछन् ।
यो पुल कुनै सुरक्षा व्यवस्था नराखी २१ जना मानिसले यो पुल तयार पारेका हुन् । यो पुल बनाउनका लागि ती मदुरलार्इ प्रतिव्यक्ति दिनको ४०० युआन ज्याला दिइएको थियो ।



0 comments:

Like us

 

Search

 
Enjoy the site