Sunday, July 26, 2015

मह खान जान्दा अमृत,नजान्दा विष

              प्रकृतिको अमूल्य उपहार हो मह । आयुर्वेद र एलोप्याथी दुबैमा महको योगदान छ । औषधि, सौन्दर्य प्रशाधन र दैनिक आहारमा महको उपभोग महत्वपूर्ण मानिएको छ । यसको प्रतिकूल असर छैन, खानेवित्तिकै ऊर्जा पाइने तयारी आहार हो मह ।
तर यसको सेवन गर्ने पनि नियम जाने अमृतसरह फाइदा हुन्छ नजाने विष । पतञ्जली योगपीठ, हरिद्धारका आयुर्वेदविज्ञ आचार्य बालकृष्णले मह सेवन विधि र नियम उल्लेख गरेका छन् ।
-अम्बा, अंगुरजस्ता अमिलो फलको साथ मह खानु अमृतसमान हुन्छ ।
-चिया र कफीको साथ मह विषसमान हुन्छ ।
-महलाई आगोमा कहिलेपनि तताउनु वा उमाल्नु हुँदैन ।
-माछा, मासुसित मह खानु विष खाएसरह हुन्छ ।
-महमा पानी वा दूधको बराबर मात्रा खानु पनि हानिकारक हुन्छ ।
-चिनीमा मह मिसाउनु विषमा अमृत हालेसरह हुन्छ ।
-घिऊ, तेल, नौनीसित मह मिसाएर खानु विषसमान हुन्छ । -
घिऊ र महको समान मात्रा कदापि खानु हुँदैन ।
-मौरीले विभिन्न वनस्पतिको परागबाट मह बनाउँछ । त्यसैले वनस्पतिको स्रोतअनुसार महको औषधीय गुण पनि अलग-अलग हुन्छ । जस्तो, नीमको स्रोतबाट बनेको मह आँखाको लागि, जामुन मधुमेह, हृदय, वात, रक्तचाप रोगको लागि फाइदाजनक हुन्छ ।
-वसन्त ऋतुमा विकसित वनस्पतिको परागबाट निर्मित मह सर्वोत्कृष्ट हुन्छ । सहर वा घरआँगनमा फुलेको वनस्पतिको तुलनामा जंगली वनस्पतिकोे मह सबभन्दा राम्रो हुन्छ ।
-मह सेवन गर्ने बित्तिक्कै तातो पानी पिउनु हुँदैन ।
-मोटोपना नियन्त्रण गर्न मनतातो दूधमा एक चम्चा मह घोलेर नियमित खान सकिन्छ ।
-निकै गर्मी वा धापिएर आएको बेला मह खाँदा हानिकारक हुन्छ ।ण्
-महको तापीय विशेषता गज्जबको हुन्छ । तातो चिजसँग खाँदा तातो र चिसो चिजसँग चिसोपना पैदा गर्दछ । त्यसैले मौसम र आवश्यकताअनुसार मह सेवन गर्नुपर्दछ ।
-महको ज्यादा उपभोग पनि हानिकारक हुन्छ । यसबाट अतिसारजस्ता रोगले सताउँछ, जसको निराकरण निकै कठिन हुन्छ ।
-एकै पटक धेरै मह खानु राम्रो हुँदैन । दिनमा दुईतीन चम्चासम्म मह खान मिल्छ । एक पटकमा केटाकेटीले २५ ग्राम र वयस्क मानिसले ५० ग्रामसम्म मह सेवन गर्नुपर्छ ।
-मह खाँदा कुनै अप्ठ्यारो महसुस भएमा कागती, निबुवा खाए आराम हुन्छ । अथवा, एक ग्राम धनियाँको धूलो र २० ग्राम अनारको रस मिसाएर खाँदा पनि राहत मिल्छ ।
-बढिरहेको ज्वरोमा दूध, घिऊ र मह सेवन विषसमान हुन्छ ।
-यदि कसैले विष सेवन गरेको छ भने त्यो बेला मह खुवाउँदा विषको प्रभाव अझ बढेर मृत्युनजिक बनाउँछ ।

Like us

 

Search

 
Enjoy the site