Sunday, July 19, 2015

तराईमा बंगलादेशीलाई नेपाली नागरिकता र पासपोर्ट बेच्दै

0 comments
 असार ३ आइतबार - बंगलादेशी नागरिक रियन मियाले असगर अलि शाही र साइदुल इस्लामले जाहिद अलि साहीको नामबाट जिल्ला प्रशासन कार्यालय बाँकेबाट नेपाली नागरिकता र राहदानी बनाएका रहस्य खुलेको छ।

कटकुइया गाविसका सचिब र इलाका प्रशासन कार्यालय नरैनापुरका प्रशासकीय अधिकृतलाई आर्थिक प्रलोभनमा पारेर उनीहरुले २०७० फागुन १२ गते नेपाली नागरिकता बनाएका थिए।

बंगालादेशी नागरिकलाई साउदी सरकारले कामदार भिसामा कडाई गरेपछि साउदी अबरमा रहेका नेपाली नागरिक निजामको सहयोगमा उनीहरू बंगलादेशबाट नेपालगन्ज आएर नागरिकता बितरणमा संलग्न हुने नेपाली कर्मचारीहरुलाई प्रलोभनमा पारी नागरिकता र पासपोर्ट बनाएको अनुसन्धानबाट देखिएको छ।

अभियुक्तहरू बंगलादेशबाट नेपालगन्ज आएर लामो समयसम्म नेपालगन्जको मुसाफिर खाना (मुस्लिम समुदायको धर्मशाला) मा बसेर नागरिकता र पासपोर्ट बनाउनका लागि आवश्यक प्रबन्ध मिलाएका थिए।

नेपाली राहादानी बोकेर काठमाडौं हुँदै साउदी अरब जाने क्रममा २०७१ साउन २० गते उनीहरू काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा शंकास्पद अवस्था पक्राउ परेका थिए। हिन्दी र अबधी भाषासमेत राम्रोसँग बोल्न नसकेपछि केरकारगर्दा उनीहरु बंगलादेशको नागरिक भएको खुलेको थियो।

 नेपाल प्रहरीले पक्राउ परेका दुबै जनालाई जिल्ला अदालत बाँकेमा नक्कली नागरिकता र पासपोर्ट बनाएको अभियोगमा मुद्दा चलाएको छ। जिल्ला अदालत बाँकेको आदेशपछि दुबै अभियुक्तहरू पुर्पक्षका लागि बाँके कारागारमा छन्।

बंगलादेशी नागरिकलाई नागरिकता दिलाउन बाँके कटकुइयाका ४ का झगरु अलि शाहीले बुबा र जैतुना अलि शाहीले आमा बनेर सहयोग गरेका थिए।

बंगलादेशी नागरिकलाई नेपाली नागरिकता दिलाउनका लागि आबश्यक कागजी प्रमाण जुटाउनका लागि सहयोग गर्ने  झगरु र जैतुना लगायत ११ जनालाई प्रहरीले प्रतिबादी बनाएर मुद्दा चलाएको छ। अभियुक्तहरुले  नेपाली पासपोर्ट बनाउनका लागि  करिब १६ लाख खर्च भएको बताएका छन्।


0 comments:

Like us

 

Search

 
Enjoy the site