Thursday, July 2, 2015

ग्रान्डी अस्पतालमा टन्सिलको आधुनिक नयाँ प्रभिधीबाट उपचार

0 comments
        असार १७ , राजधानीको धापासीमा रहेको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा नेपाल मै पहिलोपटक अत्याधुनिक कोवलेसन प्रबिधि प्रयोगगरी टन्सिलको शल्यकृया गरीएको छ । नाक,कानर घाँटी बिभागका चिकित्सकहरु डाक्टर प्रकाश काफ्ले र डाक्टर आनन्द घिमिरेको टोलीले आज ११ बर्षिय सुजन लामाको टन्सिलको शल्यकृया कोवलेसन प्रबिधिबाट सम्पन्न भएकाे हो ।
      कोवलेसन प्रबिधिमा रेडियो फ्रिक्वेन्सी प्रयोग हुने भएकाले शल्यकृयाको समयमा दुखाइ कम हुनुका साथै समय पनि कम लाग्ने , रक्तश्राव शून्य वरावर हुने र घाउ समेत चाँडै निको हुने लामाको उपचारमा संलग्न ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका नाक कान घाँटी बिभागका प्रमुख डाक्टर प्रकाश काफ्लेले दिए ।
       अत्याधुनिक कोवलेसन प्रबिधि आज नेपालमा नै पहिलोपटक ग्रान्डी अस्पतालमा प्रयोग भएको हो । यस प्रबिधिवाट टन्सिल,एडेनोइड बढेको नाक र निन्द्रामा घुर्ने समस्याको शल्यकृयाबाट उपचार गर्न सकिने र यो प्रविधि स्वर यन्त्रको शल्यकृयामा समेत प्रयोग हुने नाक कान घाँटी बिभागका डाक्टर आनन्द घिमिरेले जानकारी दिए ।

0 comments:

Like us

 

Search

 
Enjoy the site