Monday, July 27, 2015

संसारकै चर्चित हलिउड स्टार एन्जेलिना जोली जस्तै नेपाली चेली

काठमाडौँ/ मिडियामा उनी उति छाउदिनन् । गसिप बजारमा पनि उनको उपस्थिती छैन् । चलचित्र क्षेत्रमा जमीसकेकी कुनै स्टार पनि होइनन्, तर उनको चर्चा छ ।  फेसबुकमा त्यसैले त उनलाई मान्छेहरु पछ्याउछन्, चलेकी नायिका र चर्चित मोडल झैं ।

संसारकै चर्चित हलिउड स्टार एन्जेलिना जोली जस्तै छ अनुहार । तर, उनी एन्जेलिना होइनन् । एन्जेलिनाकै अनुहारकी कुनै नेपाली युवतीको तस्विर फेसवुकमा देख्नुभयो भने नझुक्निुस्, उनी हुन्, आशिका तामाङ।

 हो । तिनै युवतीले फेसवुक चलाउने हजारौँ युवाहरुलाई थप ‘एडिक्टेड’ बनाउँदै आएकी छिन् । यतिसम्म कि, उनको एक तस्विर अपलोड भएको केहि मिनेटमै तस्विर मुन्तिर हजारौँ लाइक र कमेन्टको लिष्ट हुन्छ ।

त्यसो त, आशिका खास सेलिब्रेटी भने अझै होइनन् । तर, फेसवुकमा उनलाई पछ्याउने र मन पराउनेहरुको लस्कर देख्दा अरु कुनै नेपाली स्थापित नायिका पछि पर्छन् । उनको फेसबुक पेजमा ७५ हजार बढीले लाइक गरेका छन् । उनलाई पर्सनल फेसबुकमा पछ्याउने फलोवरहरुको संख्या ५ हजार नाघेको छ । यसले पनि उनको लोकप्रीयता प्रमाणित गरेको छ ।

सम्भवतः कुनै चलचित्रमा नदेखिएकी, कुनै खास सुन्दरी प्रतियोगिताको ताज नपहिरिएकी युवतीहरुमध्ये यति धेरै रुचाइएकी उनी एक्ली हुन् । आशिकाको जोली लुक्स नै उनका लागि फ्यानहरु कमाउने पहिलो बरदान बनिदिएको छ । उनको अभियन हेरेर उनीप्रति आकर्षित हुनेभन्दा उनको लुक्सले लोभिनेहरुको संख्या बढी छ।  

को हुन् आशिका ?

पेशाले उनी एक नर्स हुन् । जर्मनीमा बस्दैं आएकी उनी नेपालमा छँदा कन्सल्टेन्सी सञ्चालन गर्थिन् । तर, पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा प्रवेशको तयारीमा छिन् । निर्माणधीन नेपाली चलचित्र ‘सुश्री’मा उनी आर्यन सिग्देलको अपोजिट भूमिकामा खेल्दैछिन् ।


 यसबाहेक भूकम्पका कारण पीडित गाउँलेहरुलाई केहि राहत समेत दिएकी थिइन् आशिकाले । धादिङ, नुवाकोटलगायतका जिल्लाका भूकम्प पीडितलाई उनले खाद्यान्नलगायत सहयोग गरेकी थिइन् । काठमाडौंमै जन्मेकी आशिका जर्मनीमा केहि वर्ष नर्सिङ पेशामा संलग्न भएर काम गरिसकेपछि चलचित्रमा अभिनयका लागि फर्केकी हुन् ।

सन् २०१२ मा आयोजित मिस तामाङमा प्रतिष्पर्धा गरे पनि ताज पहिरिन सफल भइनन् । पछिल्लो समय आफ्नै ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘सुश्री’मा अभिनय गरेकी आशिका चलचित्र भन्दा बढि सामाजिक सञ्जालमै चर्चित बन्दै आएकी छिन् ।

कस्ती छिन् आशिका ?

बोेल्ड र स्मार्ट देखिने आशिका बेला–बेला आफ्ना आकर्षक तस्विर फेसवुकमा अपलोड गर्छिन् । झट्ट हेर्दा हलिउड स्टार एन्जेलिना जोलीसँग उनको अनुहार मिल्दोजुल्दो छ । खासगरी, उनका ओठ, आँखा र हेराइ एन्जेलीनासँग मिल्छ ।

 उनका तस्विरमाथि टिप्पणी गर्नेहरुको सयौँ लस्कर मिनेटभरमै ह्वारह्वार्ती आउँछ । ‘एन्जेलिना जोली जस्तै सुन्दर’ ‘सेक्सी’, ‘हट’ जस्ता सयौँ उपमा दिएर उनका तस्विरमाथि टिप्पणी हुन्छन् ।          











































तस्वीरहरूः अाशिकाको फेसबुकबाट

Like us

 

Search

 
Enjoy the site