आसार २३,रसुवा - भूकम्पबाट प्रभाभित जिन्ल्ला रसुवाको डाँडागाउँ–५ बास्तोलामा पहिरो गएपछि त्यहाको २० घरका स्थानीयवासीहरु भागदौड मच्चिएको हो।सोमबार अभिरल बर्षातको पानी पर्दा भूकम्पले त्यहाँका धाँजा धाँजा पारेर राखेको जमिन गल्नगइ सिलाजितढुंगे भीरबाट खसेको पहिरो कुटुन्जे–४ को बस्तीमा पुगेपछि स्थानीयवासी घरछाडेर भागेको स्थानीय गौरव सापकोटाले बताए।पहिरोले ती घरहरु उच्च जोखिममा परेका छन्। भागेर स्थानीयवासी सोही वडाको दियालेमा शरण लिएर बसेका छन् ।गाउँभरिका जमिन भासिएका छन् । भुकम्पले धाँजा फाटेर जमिन भासिएर एकहात चौडाइको खाल्डो बनेको कारण वर्षाले पहिरोको जोखिम बढाएको सापकोटाले बताए ।

0 comments:
Post a Comment