Thursday, July 2, 2015

अन्तत कृषि मंत्रि हरि प्रसाद पराजुलीबाट राजिनामा

0 comments
       अस्सर १७, मिडियामा धान दिबसको अबसरमा महिलामाथि अस्लिन हर्कत गरेको खबर सार्बजनिक भएपछि आलोचित बनेका कृषिमन्त्री हरिप्रसाद पराजुलीले पदबाट राजीनामा दिएका छन् । पराजुलीले एमाले अध्यक्ष केपी शर्मा ओलीमार्फत प्रधानमन्त्री सुशील कोइरालालार्इ राजीनामा बुझाएका हुन् । पार्टीभित्र र बाहिरबाट मन्त्री पद छाड्न चौतर्फी दबाब परेपछि मन्त्री पराजुली बिहीबार बिहानै राजीनामा बुझाउन अध्यक्ष ओलीको बालकोटस्थित निबासमा पुगेका थिए । मन्त्री पराजुलीको हर्कतले एमालेमाथि नै चौतर्फी प्रश्न उठेपछि अध्यक्ष ओली र उपाध्यक्ष गौतम बुधबारै उनलार्इ हटाउने निचोडमा पुगेका थिए । आफूले नियतवश महिलालार्इ नसमातेको बताउने मन्त्री पराजुलीका हर्कतका तस्बिर र भिडियो सामाजिक सञ्जाल र सञ्चारमाध्यम भाइरल भएपछि उनको पद धरापमा परेको थियो । एमाले उपाध्यक्ष बामदेब गौतमको निकट भएकै कारण मन्त्री भएका पराजुलीले पदीय मर्यादा बिर्सेर महिलालार्इ अश्लील हर्कत देखाउँदै समातेपछि राजीनामा दिनुपरेको हो ।
     यो भन्दा अगाडी पनि सार्बजनिक स्थालमा खैनी मोलेको बिसयलेआलोचित बनेको थियो। बुधबार दिनभर सञ्चारमाध्यममा आफूले महिलामाथि नराम्रो हर्कत नगरेको स्पष्टिकरण दिएका थिए । अध्यक्ष ओली र उपाध्यक्ष गौतमले मन्त्री पराजुलीसँग हिजै स्पष्टिकरण लिएका थिए । स्पष्टिकरण दिने क्रममा मन्त्री पराजुलीले आफ्नो नियत गलत नभएको भन्दै बचाउको प्रयास गरेका एमाले स्रोतको भनाइ छ ।



























0 comments:

Like us

 

Search

 
Enjoy the site