Tuesday, July 7, 2015

रोपाइँ गर्ने क्रममा भनाभन र हिलो हानाहानले एक जनाको मृतु

0 comments
     असार २२, भक्तपुर-धान रोपाइँ गर्ने क्रममा भएको सामान्य  भनाभन र हिलो हानाहानमै एक वृद्धको मृत्यु भएको छ ।
     चाँगुनारायण नगरपालिका–७ झौखेलमा आफन्त पर्ने ७० वर्षीय गोपाल हमाल र २२ वर्षीय गौतम मल्लबीच रोपाइँमा विवाद भई हिलो हानाहान हुँदा हमालको मृत्यु भएको छ ।
    साँध जोडिएको खेतमा रोपाइँ हुने क्रममा आज साँध सिमानाको विवादका क्रममा दुई जनाबीच सामान्य हात हालाहाल भएको र दुवैले एक अर्कालाई माटाले हानाहान गर्दा हमालको मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा खुलेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता श्यामकृष्ण अधिकारीले जानकारी दिए ।
    अभियुक्त मल्ललाई पक्राउ गरेर थप अनुसन्धान सुरु गरिएको छ । मुटुका बिरामीसमेत रहेका हमाल खेतमै बेहोस भएर लडेलगत्तै परिवारले अस्पताल लैजाँदा मृत्यु भएको प्रहरीको भनाइ छ । मल्लले आफूले मार्ने नियतले हिलाले नहानेको जिकिर गरेका छन् । रासस



0 comments:

Like us

 

Search

 
Enjoy the site