Thursday, July 9, 2015

सिरियामा बेचिएकी रेस्मी थापा मगरलाई छोडाउन सात लाखको सर्त

0 comments
          २४असार- सिरियामा बन्धक बनाइएकी नेपाली चेली ज्ञानु रेस्मी थापामगरलाई छोडाउन सात लाखको सर्त आएको खुलेको छ । ज्ञानुकी बहिनी हेमा रेस्मीले नयाँ पत्रिकासँगको कुराकानीका क्रममा दिदीलाई छुटाउन सात लाखको सर्त आएको बताएकी छन् |
            हेमाले भनिन्-‘सामान्य परिवारका हामी दुईले बुटबलमा चिया पसल चलाएर बसेका थियौं । पाँच बहिनी दिदीबहिनी मध्ये तीन जनाको विवाह भइसकेको छ । दिदीहरुले चिया पसलका लागि लगानी गर्नुभएको हो । पछि विदेश गएर धेरै पैसा कमाउन सकिने भन्ने दलालको भनाईको पछि लाग्दा दिदीले दुःख पाउनुभयो ।’
           दिदीले दुबईमा पुगेपछि दुःख पाएको भन्दै हेमाले दलालले एक महिना कामका लागि सिरिया जाने र फेरि दुबई नै फर्काउने भन्दै फसाएको बताएकी छन् । आफूले दिदी समस्यामा परेपछि उनलाई फिर्ता ल्याउन धेरै तिर धाएको भन्दै उनले नजिकैको प्रहरी कार्यालयबाट सहयोग नभएको बताएकी छन् । पछि सामाजिक सञ्जालमार्फत अपिल गरेपछि अहिले उद्धारको पहल भइरहेको पनि हेमाले बताइन् ।
         अब उद्धार गर्न सकिने आशा पलाएको भन्दै उनले अब समस्या पैसाको रहेको बताएकी छन् । हेमाले भनिन्-‘दिदीकी मालिक्नीले एक साताभित्र सात लाख रुपैयाँ दिएर लैजाओ भनेकी छिन् रे । अब त्यो रकम कहाँबाट ल्याउने ?’ पछिल्ला दिनमा आशा एच फोर फाउन्डेसन र संघीय युवा समावले सहयोगका लागि पहल गरिरहेको उनले बताइन् । यता कानुनी बाटोबाट पनि उद्धारको पहल भइरहेको हेमाले बताएकी छन् ।
उनलाई सिरिया पुर्‍याउने दलाल शोभाकान्त भने पक्राउ परेका छन् ।
नयाँ पत्रिका




0 comments:

Like us

 

Search

 
Enjoy the site