Sunday, July 19, 2015

दुई पक्षबीच झडप हुँदा एकको मृत्यु

0 comments
साउन २ सनिबार  - रौतहट लक्ष्मीपुर दोस्तीया गाविस– ५मा जग्गाको विषयमा गए राति दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय गरुडाका अनुसार उक्त झडपमा परी सख्त घाइते भएका लक्ष्मीपुर दोस्तीया गाविस– ५ बस्ने ४५ वर्षीया सुखल मन्सुरीको उपचारका क्रममा मृत्यु भएको हो । निजले शौचालय निर्माण गर्ने क्रममा आफ्नो जग्गाको साँध मिचेर बनाएको भन्दै छिमेकी मोख्तार मन्सुरीले विवाद गरेपछि राति ९ बजे दुवै पक्षबीच झडप भएको र सो क्रममा दुवै पक्षबीच कुटाकुट भएको थियो ।

सो क्रममा ढुङ्गाले हान्दा टाउकामा लागि गम्भीर घाइते भएका सुखल मन्सुरीको उपचारका क्रममा चन्द्रनिगाहपुर अस्पतालमा मृत्यु भएको हो । घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेकाहरु पनि घाइते भएकाले उनीहरुको गरुडास्थित अनामिका हेल्थ क्लिनिकमा प्रहरीको निगरानीमा उपचार भइरहेको छ । शव परीक्षणका लागि चन्द्रनिगाहपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

0 comments:

Like us

 

Search

 
Enjoy the site