Thursday, July 23, 2015

कोरियाबाट स्वर्ण पदक जिती स्वदेश फिर्ता

0 comments
दक्षिण कोरियामा सकिएको नवौं अन्तराष्ट्रिय तेक्वान्दो सांस्कृतिक प्रदर्शनी खेलमा स्वर्ण पदक हात पारेकी योङ्चेन शेर्पासहितको टोली स्वदेश फर्केको छ । कोरियास्थित मुजु तेक्वादो पार्कमा भएको खेलमा शेर्पाले भारत र पाकिस्तानका खेलाडीलाई पराजित गर्दै स्वर्णपदक हात पारेकी हुन् । उनी ह्वाइट फिल्ड स्कुलमा अध्ययनत छिन् । त्यस्तै, सोही खेलमा सहभागी जेम्स स्कुलकी क्रेशा कोइराला, एजेलिया राजकर्णिकार र ह्वाईट फिल्ड स्कुल कै आर्यन खड्की पनि स्वदेश फर्किएका छन् । उनीहरुले उक्त खेलमा कास्यपदक हात पारेका थिए । पदक विजेता खेलाडीलाई ह्वाईट फिल्ड स्कुलका प्रिन्सिपल पारस श्रेष्ठ, राष्ट्रिय तेक्वान्दो खेलाडी मनिता शाही र खेलाडीका परिवारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो । उक्त प्रदर्शनी खेलमा विभिन्न ६५ राष्ट्रको सहभागिता थियो । रासस
फाईल तस्बिर 

0 comments:

Like us

 

Search

 
Enjoy the site