Friday, July 31, 2015

युनिटी लाइफ इन्टरनेशनलका सञ्चालक विष्णु क्षेत्री र कृष्ण क्षेत्री पक्राउ

काठमाडौं, साउन १५ - युनिटी लाइफ इन्टरनेशनलका सञ्चालक विष्णु क्षेत्री र कृष्ण क्षेत्री पक्राउ परेका छन । भारतको सीमा नजिकै महेन्द्रनगरको गड्डाचौकीबाट उनीहरुलाई पक्राउ गरेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ । उनीहरुलाई शुक्रबार पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको छ ।

गैरकानुनी रुपमा बैंकिङ, इन्स्योरेन्सलगायतका आर्थिक गतिविधि गरेर देशभरका ३ लाख ६६ हजार ३ सय ४२ सर्वसाधारणलाई झुट्टा आश्वासन दिएर ३ अर्ब ७९ करोड ९८ लाख ७० हजार एक सय ३ रुपैंया ठगी गरेको थियो । अर्बौं ठगेको अभियोगमा सरकारले युनिटी लाइफ इन्टरनेशनल विरुद्ध चार वर्षअघि कारबाही सुरु गरेको थियो । युनिटी अध्यक्ष काशी गुरुङ भने यसअघि नै पक्राउ परिसकेका छन ।

प्रहरीले सार्वजनिक गरेका विष्णु  युनिटीको प्रबन्ध निर्देशक र कृष्ण अर्थ निर्देशक थिए । उनीहरुको खोजी प्रहरीले तिव्र पारेपछि केहि दिनअघि प्रहरीले यी दुई दाजुभाइलाई फेसबुक स्ट्याटसकै आधारमा प्रहरीले पक्राउ गरेको हो । दाई कृष्णले फेसबुकमा दिनुहँ आफ्नो भाईलाई गोली हानेर मारेको फोटो राखेपछि प्रहरी पनि आक्रान्त बनेको थियो । ‘त्यो स्ट्याटसले त हामीलाई चुनौती दिएजस्तो भएको थियो,’ अपराध महाशाखा प्रमुख बरिष्ठ प्रहरी उपरिक्षक सबेन्द्र खनालले भने ‘त्यसपछि गहिरो अनुसन्धान सुरु गर्‍यौं ।’

स्रोतका अनुसार कृष्ण क्षेत्रीले फेसबुकमा स्ट्याटस राखेको ‘लोकेसन’का आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको थियो । त्यही क्रममा उनीहरु भारतमा रहेको फेला परेको थियो । महाशाखाबाट खटिएका प्रहरीले भारत उत्तराञ्चल प्रहरीको मद्दतमा पक्राउ गरेका हुन् । क्षेत्रीद्वय उत्तराञ्चल प्रदेशमा ब्यावसायीक माछा पालन गरेर बसेका थिए ।

Like us

 

Search

 
Enjoy the site