Monday, July 27, 2015

किशोरीमाथि बलात्कार प्रयास गरेको अभियोगमा एकजना पक्राउ

११ साउन - बाँकेको नेपालगन्ज किशोरीमाथि बलात्कार प्रयास गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपालगन्ज, घरबारीटोलस्थित नमस्ते प्रिन्र्टस (छापाखाना)का सञ्चालक दुर्गा भनिने ज्योतिलाल भण्डारी रहेका छन् ।

उनलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखेको छ । बाँके, मनिकापुर निवासी एक किशोरीमाथि भण्डारीले शनिबार बलात्कार प्रयास गरेका थिए ।

छापाखानाका लागि कर्मचारीको आवेदन आह्वान गरेका भण्डारीले शनिबार बिहान ९ बजेतिर केही प्रतिस्पर्धीलाई बोलाएका थिए । अन्तर्वार्ता लिइसकेपछि भण्डारीले अचानक छापाखानाको सटर लगाएर हातपात गर्दै बलात्कार प्रयास गरेपछि आफूले प्रतिवाद गरेर जोगिन सफल भएको पीडित किशोरीको भनाई छ।

प्रत्यक्षदर्शीका अनुसार घटनाका विषयमा किशोरीका परिवार र आफन्त आइतबार बिहान छापाखानामै पुगेर भण्डारीलाई प्रहरी बोलाएर पक्राउ गराएका थिए ।



Like us

 

Search

 
Enjoy the site