Below slider

Content left

Content right

 

Wednesday, July 22, 2015

'चिन्नेलाई श्रीखण्ड नचिन्नेलाई खुर्पाको बींड’ भने झैं एउटै रुखबाट करौडौंको कमाई

0 comments
एउटै रुखबाट करौडौं कमाउने भन्ने चाल पाएपछि यतिबेला काभ्रेका किसानलाई चिन्नेलाई श्रीखण्ड नचिन्नेलाई खुर्पाको बींड’ भने झैं भएको छ बुद्धचित्त । काभ्रे तिमाल बासीको दरिलो आम्दानीको स्रोत बनेको छ। स्थानीयले अहिले यसको व्यावसायिक खेतीनै सुरु गरेका छन् । बिना लगानी एउटै बोटबाट लाखौं कमाइ हुने भएपछि तिमालबासी यसको व्यवसायिक खेतीमा लागेका हुन् ।

स्थानीय तिमाल बासीका अनुसार चार वर्ष अगाडिसम्म यसको महत्व हुँदैनथ्यो अहिले यसको महत्व बढेकाले विदेशी तथा स्वदेशी व्यापारी घरमै आएर बैना दिन थालेका छन् । बुद्धचित्तको माला र बिरूवा बेचेर एकै वर्ष तिमाल बासीले वार्षिक कम्तीमा पाँच लाख आम्दानी गर्नेगरेको स्थानीय बताउछन् ।राम्रो आम्दानी हुन थालेपछि स्थानीयले थप जमिनमा विरुवा लगाउन थालेका छन् ।

तिमालमा अधिकांश बासिन्दाको आर्थिक उन्नतिको प्रमुख स्रोत नै बुद्धचित्त माला बनेको छ। प्रत्येक घरमा बुद्धचित्तकाका बिरुवा लगाइएको छ। मालाबाट राम्रो आम्दानी हुन थालेपछि बाँझो भिरपाखामासमेत बिरुवा लगाउन थालेका छन्। दोस्रो बुद्ध मानिने गुरु पद्मसम्भवले आठौं शताब्दीमा आशीर्वादस्वरूप काभ्रेको तिमाल क्षेत्रका बासिन्दालाई दिएको मानिने यो वनस्पतिले अहिले ठूलो अन्तर्रा्ष्ट्रिय बजारमा आफ्नो पहिचान बनाउदै छ । वन मन्त्रालयले काभ्रेको तिमाल क्षेत्रमा मात्रै पाइने भनेर पहिचान गरिसकेको छ ।

मालाको राम्रो मूल्य पाइन थालेपछि गाउँ छोडेर बाहिरिएका युवा फर्कन थालेका छन् गाउँमै राम्रो आम्दानी हुन थालेपछि रोजगारीका लागि विदेश गएका युवागाउँ फर्कन थालेका छन्। बुद्धचित्तको व्यावसायिक खेतीमा लागेका छन् ।

बुद्धचित्त फल्ने समयमा चोरीको भने अत्यधिक समस्या हुने गरेको छ भने विशेष गरेर चिनिया व्यापारीहरु बुद्धचित्त किन्न गाउमै पुग्ने गरेको र फल हेरि एउटा मालाको २ लाखसम्म तिर्न तयार हुनेगरेका छन् । सोचे भन्दा बडि मुल्य आउन थाले पछि तिमाल बासी अहिले असारदेखि असोज सम्म बोटको वरपर तारबार लगाएर रातभर सुरक्षामा खटिने गरेका छन् ।

व्यापारीले यसको दाना र माला चीनको तिब्बत र भारत बोधगयामा लगेर बेच्ने गरेका बताउछन्। एउटा मालामा एक सय आठ वटा दाना उनेपछि पाँच हजारदेखि एक लाख सम्म मूल्यमा बेचिने व्यवसायी बताउँछन्। बुद्धचित्तबाट राम्रो आम्दानी हुन थालेपछि तिमालबासीको आर्थिक हैसीयत नै फेरिएको छ। बुद्धिचित्तको माला किन्न आएका व्यापारिहरुका अनुसार नेपाल सरकारले विना इजाज गैरकानुनी रुपमा बुद्धिचित्त ठूलो परिणाममा विदेश निकासीहुदा समेत ध्यान नदिदा राम्रै राजश्व गुमेको र आफुहरुलाइ व्यापार गर्ने पनि अफ्टेरो र अशुरक्षीत हुदै गैरहेको गुनासो गर्न थालेका छन् ।

बुद्धचित्तको मालाबाट वार्षिक २० करोड रुपैयाँभन्दा बढी तिमालमा भित्रने गरेको स्थानीयले दावी गरेकाछन् । दुई वर्ष अघिदेखि कारोबारमा वृद्धि भएपछि बुद्धचित्त मालालाई गाउँदेखि गन्तब्य सम्म लैजान व्यापारीलाई सुरक्षा आपश्यक पर्ने गरेको छ। समय समयमा बाटोमा लाखौं रुपैयाँ बराबरको बुद्धचित्त लुटिने गरेको छ। केही समय पहिले लुटिने डरले व्यापारीले त्यसको बचाउनका लागि हेलिकोप्टरबाट समेत बुद्धचित्त ढुवानी गरेका थिए।
यता वन कार्यालयले भने बयर प्रजातिको भन्दै बुद्धचित्तको प्रतिकिलो आठ रुपैयाँ मूल्यांकन गरी त्यसको १३ प्रतिशत राजस्व संकलन गर्दै आएको छ। वनस्पती विज्ञानमा जिजिफस बुद्धान्सिस’ नाम दिएको यो बोटमा ससाना दाना फल्छन् जुन बौद्ध लामाहरूले पवित्र मालाका रूपमा प्रयोग गर्छन्। अचेल फेसनका रूपमा तन्नेरीहरूले पनि लाउन थालेका छन् ।

पछिल्ला वर्षहरूमा भारत, चीन, सिंगापुर, जापान र कोरियामा समेत बुद्धचित्तको माग बढेपछि यसको मुल्य सोचेभन्दा धेरै भएको स्वय तिमाल बासी बताउछन् ।काभ्रेको तिमालमा मात्र पाइने बुद्धिचित्तलाई व्यवस्थीत गरे आम्दानीको राम्रो श्रेत बन्नसक्ने स्थानीय बताउछन् ।




0 comments:

Like us

 

Search

 
Enjoy the site