Monday, July 13, 2015

तीन खानलाई ओझेलमा पार्दै बाहुबलीले दुई दिनमै एक अर्ब भारुभन्दा माथि कमाईयो

0 comments
काठमाडौं, २८ असार - बलिउडमा शुक्रबार रिलिज भएको चलचित्र बाहुबलीले दुई दिनमै एक अर्ब भारुभन्दा धेरै कमाएर रेकर्ड बनाएको छ ।

बक्स अफिसमा बाहुबलीको दबदबाले अहिले तीन खान सलमान, शाहरुख र अमिरलाई ओझेलमा  पारिदिएको छ । यो चलचित्रले पहिलो दिन लगभग ५० करोड भारु र दोस्रो दिन ५५ करोड भारु कमाउँदै इतिहास रच्न सफल भएको हो ।

बाहुबलीलाई बलिउड इतिहासमै सबैभन्दा महँगो चलचित्र मानिएको छ । दुई सय ५० करोड भारुको लागतमा बनेको यो चलचित्र प्रभावकारी इफेक्ट राखेर बनाइएको छ । बाहुबलीले पहिलो दिनमै ५० करोड कमायो ।

तमिल, तेलगू, मलयालम, फ्रेन्च र हिन्दी गरी पाँच भाषा डबिङ गरी एकसाथ रिलिज गरिएको यो चलचित्रको सफलताले ठूलो लगानीमा स्तरीय चलचित्र निर्माणका लागि सबैलाई प्रोत्साहित गरेको समीक्षकको भनाइ छ ।
 रामायण र महाभारतबाट प्रेरित कथा समेटिएको चलचित्र बाहुबलीले दुई दिनै सय करोड कमाएर बलिउडमा नयाँ रेकर्ड बनाएको छ ।

एसएस राजामौलीको निर्देशनमा बनेको यो चलचित्रमा तमन्ना भाटिया, प्रभास, राणा दग्दुबती, अनुष्का सेट्टीलगायतका कलाकारले अभिनय गरेका छन् । सबै नयाँ कलाकार रहेको यो चलचित्रको सफलताले बक्स अफिसमा राज गर्दै आएका स्टार कलाकारलाई चुनौती दिएको छ ।

चलचित्रमा रामायण र महाभारतबाट प्रेरित कथा समेटिएको छ । रामायणमा रावणले सीतालाई अपहरण गरेजस्तै चलचित्रकी नायिका पनि दुश्मनको फन्दामा पर्छिन् ।

भाइभाइबीच राजा बन्ने होडमा भएका उतारचढावलाई दमदार रूपमा चित्रण गरिएको यो चलचित्र हेर्दा जो सुकैलाई अतीतको स्मरण गराउँछ । एजेन्सी


0 comments:

Like us

 

Search

 
Enjoy the site