Below slider

Content left

Content right

 

Tuesday, August 4, 2015

दिल्ही हुदै दुबाई जान लागेको २७ जना नेपाली युवतीको उद्धार भिडियो सहित हेर्नुहोस

0 comments
काठमाडौं, श्रावण १९ । भारतको नयाँ दिल्ली हुँदै युएई जान लागेका २७ जना नेपाली युवतीको उद्धार गरी मंगलबार स्वदेश पठाइएको छ ।
नयाँ दिल्लीस्थित नेपाली दूतावासले भारतीय प्रहरीको सहयोग उनीहरुको उद्धार गरी स्वदेश पठाएको हो । उनीहरुलाई नेपाल  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको जिम्मा लगाइएको छ ।

उद्धार गरिएका युवतीहरुमा खोटाङका मालती राई, लक्ष्मी राई, सिन्धुपाल्चोकका पूजा तामाङ, शर्मिला थापा, सविता, सोनाम डोल्मा र अम्मो रहेका छन् ।

यस्तै, उदयपुरका शोभाकुमारी परियार, कृष्णादेबी बिक, उमा भुजेल, शर्मिला थापा, नवलपरासीकी फूलकुमारी र काभ्रेकी सम्झनालाई पनि नेपाल पठाइएको छ ।

यस्तै, दाङकी शिला, काभ्रेकी मास्लोमाया तामाङ, रुपन्देहीकी किस्नु, धादिङकी कालीमाया तामाङ घले, रामेछापकी सुकमाया घिसिड, नुवाकोटकी छेगु डोल्मा तामाङ, शारदा तामाङ, सिन्धुपाल्चोककी पेमा झोकी, याङजी लामा, गोरखाकी मोनिका भण्डारी, सोलुखुम्बुकी लक्ष्मी तामाङ, सोलखुम्बुकी अनशोपा शेर्पा र चितवनकी उरमाया थिङलाई पनि उद्धार गरी नेपाल पठाइएको छ । श्रोत : अनलाईन समाचार

0 comments:

Like us

 

Search

 
Enjoy the site