Friday, August 21, 2015

अन्य गुन्डाहरुलाई पनि बाँकी नराख्ने संकेत

0 comments
काठमाण्डु, ४ भदौं– गुन्डानाइके कुमार घैंटेले प्रहरीले इनकाउन्टरमा मारेपछि महानगरीय अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनालले अन्य गुन्डाहरुलाई पनि बाँकी नराख्ने संकेत गरेका छन् ।

उनले भने, ‘अब गुन्डाराज चल्नेवाला छैन । हाम्रो लक्षय फ्रि अफ फियर सोसाइटी बनाउने हो । गुन्डाहरुबाट कसैले दुःख दिएका छन् भने गोप्य रुपमा सूचना दिनुहोला, गोप्यता कायम राखेर हामी कारबाही गर्छौं ।’

खनालले गुन्डा र प्रहरीबीचको दाहोहोर भिडन्तमा घैंटे मारिएपछि विरोध गर्नेहरुलाई पनि सचेत गराएका छन् । उनले गुन्डाहरुको को–कोसँग कनेक्सन छ भन्ने कुरा पनि अनुसन्धान गरेर सार्वजनिक गर्ने बताए ।  घैंटको मृत्युपछि चौतर्फी खुसीयाली आएको र धेरैले आफूलाई बधाई दिएको एसएसपी खनाले जानकारी दिए ।
– नयाँ पत्रिका दैनिकबाट

0 comments:

Like us

 

Search

 
Enjoy the site