Monday, August 31, 2015

टीकापुर आक्रमणमा संलग्न भएकाे अभियोगमा थप ८ जना पक्राउ

0 comments
१४ भदौ २०७२ - एसएसपीसहित ९ जना मारिएको टीकापुर आक्रमणमा संलग्न रहेको आरोपमा थप ८ जनालाई पक्राउ गरिएको छ ।

गस्तीमा गएको प्रहरी टोलीले १३ भदौ राति मुनुवा, जोशीपुर र दुर्गौली गाविसका बिभिन्न ठाउँबाट ८ जना पक्राउ गरेको हो । टीकापुर इलाका प्रशासन कार्यालयका प्रमुख सुमन धितालले ८ जना पक्राउ गरेको बताए । “अनुसन्धानका लागि पक्राउ गरिएका हुन, उनीहरुलाई जिल्ला प्रहरी कार्यालय धनगढी लगिएको छ”, उनले भने ।

पक्राउ परेका ८ जनाको नाम सार्वजनिक गरिएको छैन । टीकापुर घटनापछि टीकापुर र आसपासका गाविसका बडघर र भलमन्सा गाउँ छोडेर भागेका थिए ।
बडघरहरु घर फर्केको सूचना पाएपछि गएको प्रहरी टोलीले दुई जना बडघरसहित ८ जनालाई पक्राउ गरेको हो ।

यसअघि, टीकापुर घटनामा संलग्न रहेको आरोपमा ४ जना घाइते सहित १० जनालाई पक्राउ गरिएको थियो । उनीहरु मध्ये घटनामा संलनग्न नदेखिएका ३ जनालाई रिहा गरिएको थियो ।

उनीहरुलाई पक्राउ गरेपछि १४ भदौ बिहान जोशीपुरका थारु समुदायका महिला जोशीपुर इलाका प्रहरी कार्यालय पुगेका थिए । अनुसन्धानका लागि मात्रै समातिएको र निर्दोश भए छोडिने जनाउदै सम्झाइ बुझाइ गरेपछि थारु महिलाहरु घर फर्केको इलाका प्रशासन कार्यालयका प्रमुख धितालले जानकारी दिए । श्रोत

७ भदौको टीकापुर हिंसात्मक झडपमा एसएसपी लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षक द्वय बलराम बिष्ट र केशव बोहरा सहित ८ जना सुरक्षाकर्मी र डेढ वर्षीय बालक टेकेन्द्र साउँद मारिएका थिए । त्यसयता टीकापुर र आसपासका क्षेत्रमा कफ्र्यू लागेको छ भने जनजीवन प्रभावित बनेको छ ।



0 comments:

Like us

 

Search

 
Enjoy the site