Monday, August 24, 2015

सशस्त्र प्रहरीका डीआइजी खडानन्द चौधरीले थारु आन्दोलनहरुलाई सहयोग गरिएको आशंका

0 comments
 धनगढी, ७ भदौ । कैलालीको टीकापुरमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लक्ष्मण न्यौपानेसहितका प्रहरीहरु मारिने गरी भएको दंगाको दोष सशस्त्र प्रहरीका डीआइजी खडानन्द चौधरीमाथि लगाइएको छ ।
कैलालीको धनगढीमा अखण्ड सुदूरपश्चिम पक्षधर प्रदर्शनकारीले सशस्त्र प्रहरीका डीआइजी खडानन्द चौधरीले थारु आन्दोलनहरुलाई सहयोग गरेकै कारण अप्रिय घटना भएको भन्दै उनको राजीनामा मागेका हुन् । कैलालीमा हिंसा नियन्त्रण गर्न प्रभावकारी भूमिका नखेलेको आरोप लगाउँदै प्रदर्शनकारीहरुले डीआइजी चौधरीको तत्कालै राजीनामा मागिनुपर्ने बताए ।
सशस्त्रका डीआइजी चौधरी चनाखो भएको भए कैलालीको टीकापुर क्षेत्रमा हिंसा नहुने उनीहरुको भनाई रहेको छ ।
नेपाल प्रहरीले नसकेपछि बल प्रयोग गर्ने दायित्व सशस्त्रको प्रहरीको भएपनि सशस्त्र प्रहरी मुकदर्शक बनेको थियो । क्षेत्रीय डिआइजी खड्ग चौधरीले समेत निषेधित क्षेत्रमा थारुहरुले हान्न आउँदा समेत बल प्रयोग गर्न निर्देशन दिएनन् । जसका कारण टिकापुरको झडपमा नेपाल प्रहरीका एसएसपी न्यौपानेसहित नेपाल प्रहरी र सशस्त्रकै झण्डै एक दर्जन सिपाहीको ज्यान गएको एक उच्च अधिकारीले बताए । उनका अनुसार, चर्चरोड र मनुवा चोकमा हजारौँ आन्दोलनकारी घरेलु हतियारसहित ओइरिंदै गर्दा सशस्त्र प्ररी भने बल प्रयोग नगरी आफ्नो ब्यारेकभित्र छिरेर बसेको थियो । घटनामा आन्दोलनकारी तर्फबाट एसएलआरको गोली हानिएको आशंका गरिएको छ ।


0 comments:

Like us

 

Search

 
Enjoy the site