Friday, August 28, 2015

धनीराम चौधरीलाई कारबाही नगर्न पासाङ शेर्पाको चेतावनीपुर्ण खुल्लापत्र मन्त्रि लालबाबु पण्डितलाई

0 comments
शुक्रबार, ११ भदौ , काठमाडौं । सरकारी जागिरमा बिदा लिएर थरुहट आन्दोलनमा लागेको भन्दै थरुहट आन्दोलनका संयोजक धनीराम चौधरीलाई कारबाही गर्ने प्रक्रिया सुरु भएपछि पासाङ शेर्पाले सामान्यप्रशासन मन्त्री लालबाबु पण्डितलाई चेतावनी दिएका छन् । एमालेकै पूर्व कार्यकर्तासमेत रहेका सामाजिक लोकतान्त्रिक पार्टीका अध्यक्ष मण्डलका सदस्य शेर्पाले खुल्लापत्र फेसबुकमा राख्दै चेतावनी दिएका हुन् । उनले मन्त्री पण्डितको वरिपरी रहेका सबै थारु विरोधी भएको आरोप लगाएका छन् । उनले धनीराम चौधरीलाई कारबाही नगर्न घुमाउरो पाराले चेतावनी दिएका हुन् ।
उनकाे खुलापत्र जस्ताकाे तस्तै थारु कल्याणकारिणीका अध्यक्षलाई सामान्य प्रशासन मन्त्री माननीय लालबाबु पण्डितले कारवाही गरेकाे समाचार अायाे त्याे साँचाे हाे कि हाेईन ? यदि हाे भने मन्त्री ज्युलाई मेराे खुल्ला पत्र ।माननीय मन्त्रीज्यु, हिजाे सम्म ईन्जिनियर थियाे अब तपाईले खाँटी थारू नेता बनाई दिनुभयाे । अर्काे एउटा अान्दाेलनकारी नेता जन्माउनु भयाे । धन्यवाद ।
युनियन युनियन भन्दै कार्यालयमा हाजिर गर्दै दिन भरी राजनीतिक भेलामा जाने पार्टीवाला सरकारी कर्मचारीहरुलार्इ चाँहि अब तपाई के गर्नुहुुन्छ ? कि तपाईकाे याे नियम थारूलाई मात्र लागू हुन्छ ? पार्टीकाे अान्दाेलनमा मुठ्ठी उठाउदै उफ्रिने कर्मचारीकाे फाेटाे सहितकाे फेहरिस्त लिएर अाएँ भने तपाईं के गर्नु हुन्छ ?
म पनि तपाईसँगै एमालेमा हुँदा पार्टीकाे संगठन चलाएर बस्ने कैयन कम्रेडहरु थिए त । के तिनीहरुले पार्टीकाे सँगठन छाडी सके ? कि राष्ट्रसेवक कर्मचारीकाे जागिर छाडे ? मलाई भनी दिनु न मन्त्री ज्यू ।
सारा नेपालीले हेरिरहेका हुनेछन तपाईकाे याे नियम थारूलाई मात्र लागू हुन्छ कि अरु जातिलाई पनि लागू हुन्छ ? हाे तपाईले एउटा थारुकाे छाेरालाई जागिरबाट निकाले पछि धेरै धेरैले धन्यवाद भन्ने छन । किन कि तपाईकाे वरिपरि थारुहरु अहिले छैनन थारुहरु अहिले मन्त्रीकाे वरिपरी पुग्न सक्ने हैसियतमा छैनन । तपाईंकाे वरिपारी अहिले जाे छ त्याे सबै थारु बिराेधीहरु हुन त्यसकारण तपाईलाई धन्यवादकाे अाेईराे लाग्ने छन । तर जुन दिन तपाईकाे पनि मन्त्रिपद खुस्किन्छ नि अनि तपाईले थाहा पाउनु हुने छ तपाईलाई धन्याद दिनेहरु काे रहेछन भनेर ।
त्यसपछि हामी फेरि सँगै सँगै सडकमा कराउदै उफ्राैला उत्पिडीत जाति समुदाय एक हाै, एक हाै भन्दै कराउला ।
सरक्षित त तपाईं हाम्राे समुदायकाे लागि सडक नै सुरक्षित छ है । मलाई थाहा छ, थारुकाे छाेरालाई जागिरबाट निकाल्ने मन्त्रिज्यु पनि एकदिन सडकमै अाउनु हुनेछ । त्याे बेला उहाँलाई अाेछ्याउन काम लाग्छ भनेर एउटा खाली कार्टुन बकस जाेगाई राखेकाे छु ।
उहीँ तपाईकाे भुपू कार्यकर्ता एवं. अहिले अाफ्नै समुदायकाे नेता ।
शेर्पाकाे फेसबुक पेजबाट

0 comments:

Like us

 

Search

 
Enjoy the site