Saturday, August 1, 2015

याकूब मेमन पछि यी दुई दिदीबहिनीहरुलाई फांसीमा चढाउने सम्भावना

१९९३मा मुम्बईमा भएको अलग अलग बम विस्फोटका दोषी याकूब मेमनलाई विहीबार दिइएको फांसीपछि महाराष्ट्रको कोल्हापुरका दुई बहिनीलाई पनि फांसीमा चढाउने सम्भावना बढेको छ । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार अब रेणुका किरण शिन्दे र उनकी बहिनी सीमा मोहन गवितलाई फांसीमा चढाइनेछ ।

यो घटनामा पहिलो फैसला अप्रिल २०१५मा भएको थियो । जबकि अर्काे अन्तिम फैसला अक्टुबर २०१५मा हुँदैछ । खबरअनुसार उनीहरुविरुद्ध अदालतमा डेथ वारन्ट (मृत्युदण्ड) जारि गरिएको छ । जसले फाँसी सजाय हुने सम्भावना धेरै छ । तल्लो अदालतले यसअघि मृत्युदण्डको प्रस्तावसहित माथिल्लो अदालतमा मुद्दा पठाएको थियो।

यी दिदीबहिनीलाई तल्लो अदालतले यस्तो सजाँय वर्ष २००१मा सुनाइएको थियो । यी दुबैले मागेको माफीलाई पनि राष्ट्रपतिले २०१४मा अस्वीकार गरेका थिए । अपराधी दिदीबहिनी रेणुका र सीमामाथि आरोप थियो कि दुबै बहिनीले आफ्नी आमा अनजानाबाई गवितसँग मिलेर १३ बच्चाको अपहरण गरेका थिए । र उनीहरुलाई भीख माग्ने बाध्य पारेका थिए । जब यिनीहरुमा ९ बच्चा भीख मांग्न नसक्ने थिए र भीख माग्न मानेन् तब आमासँग मिलेर दिदीबहिनीले ती सबै बच्चाहरुको हत्या गरिदिए । मुद्दा चल्दैगर्दा आमा अनजानाबाईको मृत्यु भयो । अहिले यो मुद्दा सर्वाेच्च अदालतमा सुनुवाईको क्रममा छ ।

आगामी अक्टुबर २०१५मा फैसला हुने यो मुद्दामा दुबै बहिनीलाई फाँसी सजायँ हुने सम्भावना प्रबल छ । किनकि उनको मृत्युदण्ड सजाय माफी राष्ट्रपतिले समेत अस्वीकार गरिसकेका छन । जसका कारण पनि अदालतले सिधै फाँसी सजाँय सुनाउनेछ । एजेन्सी

Like us

 

Search

 
Enjoy the site