Wednesday, August 5, 2015

म्यानमारका बाढी प्रभावित लाई चीनले सहयोग गर्ने

0 comments
२० साउन , कलाय (म्यानमार) - म्यानमारमा हालै आएको बाढी प्रभावित क्षेत्रमा मानवीय सहयोगको लागि चीन तयार रहेको म्यानमारका लागि चीनका राजदूत होङ्ग लिआङ्गले बताउनुभयो । राजदूत लिआङ्गल मङ्गलबार पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी दिनुभएको बताइएको छ । कलाय सहरको सागैङ्ग क्षेत्रमा आयोजित एक कार्यक्रममा उहाँले सो कुराको जानकारी दिनुभएको हो ।  बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यको लागि डुङ्गाको बस्दोबस्त गर्नेलगायत बाढीबाट ध्वस्त विद्यालयको पुननिमार्णमा समेत सहयोग गर्ने लियाङ्गले बताउनुभएको छ । सोही दिन कलाय सहरको सागैङ्ग क्षेत्रमा उद्धार मिसनकै क्रममा एक हजार ५४५ परिवारलाई चीनले पहिलो सहयोग गरेको पनि लियाङ्गले बताउनुभएको छ । दोस्रोचरणमा म्यानमारको पश्चिमी राज्य राखिनमा मङ्गलबार २० हजार परिवारलाई मानवीय सहयोगमा दिइने पनि लियाङ्गले बताउनुभएको छ ।

म्यानमारमा गत जुनबाट सुरु भएको मौसमी वर्षापछिको बाढीका कारण मारिने व्यक्तिको सङ्ख्या कम्तीमा पनि ४७ पुगेको जनाइएको छ । साथै यस बाढीबाट दुई लाखभन्दा १० हजार भन्दाबढी व्यक्ति नराम्ररी प्रभावित भएका छन् । म्यानमारका विभिन्न क्षेत्रमा जारी रहेको भारी वर्षापछि बाढीको प्रकोप निकै बढेको छ । सो बाढीका कारण अरु पनि कयौँ नागरिक हराएका छन् । तीन दिनदेखि जारी वर्षा र त्यसपछिको बाढीले कयौँ नागरिक घरबार बिहीन भएका छन् । साथै सो वर्षाका कारण उद्वारको काममा पनि कठिनाई उत्पन्न भएको बताइएको छ । बाढीबाट हजारौँ घरबास बगाएको तथा यसले प्रत्यक्ष रुपमा प्रभाव पारेको छ । हजारौँ व्यक्ति घरबार बिहीन भएका छन् । उनीहरुलाई सहयोगको प्रयास जारी रहेको बताइएको छ । म्यानमारमा बाढीबाट बर्सेनि ठूलो सङ्ख्याका नागरिक घरबारबिहीन हुने गरेका छन् । रासस/एएफपी


0 comments:

Like us

 

Search

 
Enjoy the site