Thursday, August 20, 2015

डन कुमार श्रेष्ठ उर्फ कुमार घैटे प्रहरी टोली संगको दोहोरो भिडन्तमा मृत्यु भिडियो सहित हेर्नुहोस

0 comments
३ भदौ २०७२ - कुमार श्रेष्ठ उर्फ कुमार घैटे कहिले दिपक मनाङे समूह त कहिले चक्रे मिलन समूहमा बसेर आफ्नो प्रभाव विस्तार गरेपछि यी दुबै समुहबाट छुट्टीएर आफ्नै समूह चलाइरहेका गुन्डा नाइके कुमार घैंटे राजधानीको सामाखुसी कपुरधारामा विहीबार बिहान साढे ११ बजे अपराध अनुसन्धान महाशाखाबाट खटेको प्रहरी टोली संगको दोहोरो भिडन्तमा घाइते भएको थियो उपचारको लागी शिक्षण अस्पतालमा मृत्यु भएका छन् । उनको छाति र तिघ्रामा गरी ८ वटा गोली लागेको थियो । साथै उनका समुहका अन्य २ जना घाइते र २ प्रहरी समेत घाइते भएका छन् । प्रहरी देख्नासाथ घैटेले गोली चलाएपछि प्रतिकारमा प्रहरीले गोली चलाएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले बताएका छन् । घैंटेले हानेको गोली भूइँमा लागेको प्रहरीले जनाएको छ।

नुवाकोट निबशी त्यसमा पनि नुवाकोट जिल्लाका नेताको छत्रछाँयामा हुर्किएका घैटे गणेश लाम र चक्रे मिलनसँग दुश्मनी रहेका २०६२ बाट पक्राउ पर्ने र छुट्नेक्रम शुरु भएको थियो।

प्रहरी रेकर्ड अनुसार २०६२ असार १८ गते सामाखुसीमा रहेको भन्ज्याङ्ग दोहोरी साँझमा कुमार मल्लमाथि कुटपिट गरेको अभियोगमा पक्राउ परेका थिए। उनीमाथि ज्यान मार्ने उद्योगमा मुद्दा चलेपछि उनी रिहा भए।
२०६३ असार १८ गतेनै उनी पुनः महानगरपालिका वडा नम्बर १९ को सिद्धीगणेश मावि अगाडि ट्याक्सीमा गइरहेका प्रेम लामालाई धारिलो हतियार प्रहार गरेका थिए। उनीमाथि फेरि ज्यान मार्ने उद्योगमा मुद्दा चलाइयो र पुन रिहा भए।
२०६३ भदौं १६ मा गोंगबुमा रहेको शोगर्ल रेष्टुरेन्ट अगाडि काभ्रेका विष्णु लामामाथि गोलि प्रहार गरेको २७ चैतमा गल्कोपाखामा हनेन्द्र सिंहलाई धारिलो हतियार प्रयोग गरेर ज्यान मार्ने प्रयास गरेको अभियोगमा उनी पक्राउ पर्ने र रिहा हुनेक्रम जारी रह्यो।

मिति २०६५ कात्तिक २४ मा दरवारमार्गमा अमित लामालाई गोली प्रहार गरी घाईते बनाएको ज्यान मार्ने उद्योग चले पछि फरार रहेका उनलाई प्रहरीले तिग्रामा गोली हानेर घाइते बनाई लाजिम्पाटको एक होटलमा पक्राउ गरेको थियो। हतियार सहित पक्राउ परेका उनी केही समयका लागि जेल गए पनि पुन रिहा भए।



Video

0 comments:

Like us

 

Search

 
Enjoy the site