Tuesday, August 18, 2015

युएईको सारजाहमा दुई नेपाली महिलाको कारको ठक्करमा परी ज्यान गएको छ

0 comments
युएई, भदौ १,२०७२ -  संयुत्त अरब एमिरेट्स युएईको सारजाहमा दुई नेपाली महिलाको ज्यान गएको छ। उनीहरुको सारजाह शहरको नेशनल पेन्ट्स नजिकै बिहिबार भएको कार दुर्घटनामा परी ज्यान गएको हो ।
ज्यान जानेमा शनीस्चरे ७ मोरङकी २३ वर्षकी मुना थापा र भरतपुर ११ चितवनकी ४३ वर्षकी कृष्ण माया गुरुङ रहेका छन् । ज्यान गुमाउने दुवै जना सारजाहको हमारिया फ्रिजोनमा रहेको तानजिफ्को क्लिनिङ कम्पनीमा क्लिनरको रुपमा काम गर्ने कामदारका साथै एउटै कोठामा बस्ने साथी समेत भएको बुझिएको छ। घटनामा ज्यान गुमाएकी थापा १० महिना अगाडि र गुरुगँ १९ महिना अगाडि रोजगारका शिलसिलामा युएइ पुगेका थिए। २८ साउन बिहिबारको साँझ अफिसको डिउटि सकाएर ब्लोड जाँच गराउनका लागि नजिकै रहेको  फार्मेसीमा जान  लागेका बखत  सडक पार गर्ने क्रममा गाडीले ठक्कर  दिएर  उनीहरु दुइ जनाको घटनास्थलमै ज्यान गएको हो। ब्लड चेक गराउन गुरुगँले आफनो साथी मुनालाइ साथै लिएर गएकी थिइन। जेब्रा क्रस र नजिकै भएको ट्राफिक सिग्नल छोडेर अर्कै ठाउँबाट सडक पार गर्न लाग्दा कारले ठक्कर दिएको उनीहरु सँगै एउटै कम्पनीमा कार्यरत गुल्मि घर भै हाल दुवइमा रहेकी घटनाकी प्रत्यक्षदर्शी  निर्जला जिसिले जानकारी दिनुभयो । सडक पार गर्न लाग्दा कारले ठक्कर दिएको हो,उहाँले भन्नुभयो हामीले अस्पताल लैजाने मौका नै पाएनौ।किनकी उहाँहरुको घटनास्थल मै ज्यान गैसकेको थियो।घटनामा ज्यान गुमाएकी थापा अबिबाहित रहेको र गुरुगँका दूइ वटि छोरी रहेको पारिवारिक श्रोतले बताएको छ

नेपाली दूतावास आवुधाबीले जनाए अनुसार ,कार दुर्घटनामा परी दुई जना नेपालीको ज्यान गएको सम्बन्धी    स्थानीय प्रशासनको प्रारम्भिक रिपोर्ट दूतावासलाई प्राप्त भई सकेको  छ । कम्पनीले आवाश्यक कानूनी प्रकृया पुरा गरेर शव जती सक्दो चाडो नेपाल पठाउन दूतावाससँग समन्वय गरिरहेको दूतावासका द्वितिय सचिव कृष्ण अर्यालले जानकारी दिनुभयो ।

0 comments:

Like us

 

Search

 
Enjoy the site