Thursday, August 13, 2015

नेपालका वीर्य बेच्ने पुरुष र डिम्ब बेच्ने महिलाको अभाव

0 comments
२८ श्राबन - नेपालका केहि अस्पतालमा पुरुषको वीर्य र महिलाको डिम्ब खरिद बिक्री गरिन्छ। तर अस्पतालमा भने वीर्य बेच्ने पुरुष र डिम्ब बेच्ने महिलाको अभाव भएको डाक्टरहरुको भनाई छ।

बाँनेश्वरको भेनस अस्पतालले टेस्ट्युब बेबीको सेवा सुरु गरेको झण्डै एक वर्ष भयो। यो एक वर्षमा भेनस अस्पतालले वीर्यर डिम्बको खरिद गर्न नपाउँदा पाँच जना ग्राहकहरुलाई सेवा दिन सकेन।

अहिले नेपालका आधा दर्जनभन्दा बढी अस्पतालमा टेस्ट्युब बेबी सेवा उपलब्ध छ। टेस्ट्युब बेबी सेवा उपलब्ध भएका अस्पतालहरुमा डिम्ब तथा शुक्रकिट खरिद गर्ने गरिन्छ। भेनस अस्पताल बाहेक ओम हस्पिटल, ग्लोवल हस्पिटल ग्वार्को, ग्रान्डी सिटी क्लिनिक र ग्रान्डी हस्पिटलमा शुक्रकिटको खरिद गर्ने गरिन्छ।

अन्तर्राष्ट्रिय बजारमा यस्ता वीर्य र डिम्बको खरिद बिक्री गराउने एजेन्सी हुन्छन्। तर नेपालमा एजेन्सीको अभावमा पटक पटक वीर्य र डिम्बको अभाव खेप्नु परेको भेनस अस्पतालको टेस्ट्युब बेबी विभाग प्रमुख श्वस्ती शर्माले जानकारी दिइन्।

शर्माका अनुसार भेनस अस्पतालले पुरुषको वीर्य एक हजार रुपैयाँमा खरिद गर्छ। त्यस्तै महिलाको डिम्बका लागि भने अस्पतालले ७० हजार रुपैयाँ तिर्छ। शर्माका अनुसार अस्पतालमा वीर्य बेच्न धेरैजसो बिद्यार्थी आउने गर्दछन् भने डिम्ब बेच्नको लागि विवाहित महिला आउने गर्दछन्।

यसरी डिम्ब बेच्ने महिला र वीर्यबेच्ने पुरुषको नाम भने अस्पतालले गोप्य राख्ने गर्दछ। खरिद गर्ने मानिसहरुलाई समेत 'डोनर'को बारेमा जानकारी दिँइदैन। वीर्यतथा डिम्ब खरिद गर्न आउनेहरुले आफ्नो जातको मानिस खोज्ने गरेको शर्माले जानकारी दिइन्। प्राय वीर्यर डिम्ब खरिद गर्न आउनेहरुले अग्लो, पढेको र गोरो मानिसको शुक्रकिट र डिम्ब खोज्ने गरेको उनले बताइन्।

पुरुषको शुक्रकिटलाई संकलन गरी राख्न भेनस अस्पातालसँग यसको बैंक पनि छ।  नेपालमा अहिले पैसा कमाउन विदेशीने युवाको जमात ठुलो छ। विदेशिएका युवा नेपाल एक महिना देखि दुई महिनाको छुट्टी मिलाएर आउने गर्दछन्।

युवा विदेशीने बढेसंगै नेपालमा बाँझोपनाको समेत बृद्धि भएको शर्माले बताइन्। विदेशको कम्पनीबाट छुट्टी मिलाएर नेपालमा एक महिनाको लागि आएको समयमा गर्भ बस्नको लागि कतिपयलाई निकै कठिन हुने गरेका उनले जानकारी दिइन्।

यस्ता धेरैजसो विदेश बस्ने युवाहरु पनि भेनस अस्पतालमा वीर्यसंकलन गराउनको लागि आउने गर्दछन् । तर उनीहरु वीर्यअरुलाई बेच्नको लागि भने आउँदैनन्। विदेश जाने समय नजिकिँदा पनि आफ्नी पत्नी गर्भवती नभएपछि उनीहरु अस्पतालमा वीर्यसंकलन गराउँछन्। अस्पतालले यसरी संकलन गरेर राखेको वीर्यमहिलाको प्रिगेनेन्सी अवधि सुरु भएपछि 'पर्भजानील्टी अल्ट्रासाउण्ड'को सहायताले महिलाको पाठघरमा राखिन्छ।

कतिपय पुरुषको विर्यमा शुक्रकिटको मात्रा कम भएका कारण श्रीमतीले गर्भधारण गर्न सक्दैनन्। यस्तो अवस्थामा अर्कै पुरुषको वीर्यखरिद गरेर अस्पतालको सहयोगमा महिलाहरुले गर्भधारण गर्ने गर्छन्। त्यस्तै महिलाको डिम्बमा अण्डाकोषको मात्रा कम भएका जोडीहरुले भने डिम्ब खरिद गरेर बच्चा जन्माउने गरेका छन्। महिलाको डिम्बलाई खरिद गरेर पुरुषको शुक्रकिटलाई संयोजन गरी महिलाको पाठेघरमा राख्ने गरिन्छ, जसलाई टेस्ट्युब बेबी पद्धति भन्ने गरिन्छ।

सबै मानिस भने डिम्ब तथा शुक्रकिटको डोनर बन्न सक्दैनन्। डिम्ब र शुक्रकिटको डोनर बन्न चाहने मानिसहरुमा कुनै रोगहरु हुनुहुँदैन। डोनरको सात पुस्तामा कुनै बच्चा शारीरीक वा मानसिक अपाङ्ग भएको पाइएमा त्यस्ता डोनर अयोग्य मानिन्छन्। सुगरजन्य रोग र यौनजन्य रोगहरु भएका व्यक्तिहरु डोनर बन्न नसक्ने शर्माको भनाई छ।

'नेपालमा सांस्कृतिक कारणले पनि जोकोही मानिस डोनर बन्न हिच्चकिचाउँछन्', शर्माले भनिन, ' चेतनाको अभावमा मानिसहरु डोनर बन्न हिच्चकिचाउँछन्।'

नेपालमा शुक्रकिट तथा डिम्ब खरिद बिक्री गर्न लागेको झन्डै १२ वर्ष भयो। यस्तो व्यवसाय सबैभन्दा पहिले शुरु गरेको ओम अस्पतालले अहिलेसम्म कैयौं मानिसहरुलाई यो सेवा प्रदान गरिसकेको छ।

विश्वमा 'टेष्ट ट्युव बेबी' को शुरुवात सन् १९८४ देखि भएको हो। अमेरिकाको फिलाडेल्फीयाको जेफर्सन मेडिकल कलेजले विश्वमा सबैभन्दा पहिले यो सेवा सुरु गरेको हो। टेस्ट्युब बेबी भने विश्वमा सर्वप्रथम बेलायतमा जन्मेकी थिइन्। सन् १९७८ को जुलाई २५ मा बेलायतमा सर्वप्रथम टेस्ट्युब बेबी लुइस जोई ब्राउनको जन्म भएको थियो। अहिले उनि ३७ वर्षकी भइसकेकी छन् भने उनले विवाह गरेर छोरा समेत जन्माईसकेकी छिन्। श्रोत साभार :सेतोपति पत्रिका

0 comments:

Like us

 

Search

 
Enjoy the site