
मोदीको सुझावपछि हिन्दुस्तान टाइम्समा समाचार प्रकासित भएको थियो । तर प्रधानमन्त्री कार्यालयले १०/१५ जना कोठाभित्र बसेर संविधान जारी नगर्न भारतीय प्रधानमन्त्री सुझाव नदिएको भन्दै समाचार खण्डन गरेको छ । हिन्दुस्तान टाइम्स जस्तो प्रतिस्ठित मिडियाले भ्रामक समाचार प्रकासित गरेको भन्दै आपत्ती समेत जनायो । प्रधानमन्त्री कार्यालयले खण्डन गरेलगतै हिन्दुस्तान टाइम्सका पत्रकारले फेरी ट्वीट गर्दै भने ‘जति सुकै खण्डन आवस् तर म मेरो समाचार स्रोतप्रति विश्वस्त छु ।’
पत्रकारले नेपालको प्रधानमन्त्री कार्यालयलाई चुनौति दिँदै समाचार सत्य भएको दावी गरेका छन् । उनको दावीमा नेपालको प्रधानमन्त्री कार्यालय चुपचाप बसेको छ । उनले आफ्नो समाचारमा नयाँ पुराना सवै शक्तिलाई मिलाएर संविधान जारी गर्न मोदीले कोइरालालाई सुझाव दिएको उल्लेख गरेका छन् । प्रधानमन्त्री कार्यालयले भने यसलाई भारतीय हस्तक्षेपका रुपमा लिएको छ ।
मोदीले राजसंस्थालाई भूमिका दिन कोइरालालाई आग्रह गरेको जानकारी पाएका मजदुर किसान पार्टी अध्यक्ष नारायणमान विजुक्छेले संविधानसभाकै बैठकमा जवाफ मागेका छन् । ‘भारतीय प्रधानमन्त्रीसँग हाम्रा प्रधानमन्त्रीको के कुरा भयो ?’ विजुक्छेले जवाफ माग्दै भने ‘त्यो जानकारी पाउने अधिकार सार्वभौम नेपाल जनता सवैलाई छ ।’
पूर्वराजा ज्ञानेन्द्रले पनि यतिबेला आफ्नो भुमिका खोजिरहेका छन् । थाइल्याण्ड र भारतको गोप्य भ्रमण गरिरहेका पूर्वराजा ज्ञानेन्द्र पारस पुत्र हृदयन्द्रलाई संबैधानिक राजा बनाउने दाउमा छन् । श्रोत : दैनिक खबर
0 comments:
Post a Comment