Friday, August 7, 2015

महिनाको कम्तिमा ५ लाख तलब दिने देशहरु हेरौ

0 comments
  काठमाडौं, २२ साउन । रोजगारीको अभावमा दिनहुँ नेपाली युवाहरु विदेशिने गरेका छन् । नेपालको
पछिल्लो गन्तव्य खाडी मुलुकलाई मानिन्छ । प्रायजसो खाडी मुलुक नै जान्छन् ।  तरपनि वैदेशिक
रोजगारीमा जाँदा तलबलाई मुख्य रुपमा हेरिन्छ । नेपालीहरु कामभन्दा पनि ज्यालालाई बढी महत्व
दिन्छन् । बढी ज्याला भए जस्तोसुकै काम गर्नपनि तयार हुन्छन् । तर, नेपालमा भएका रोजगारीमा
पनि ज्याला कमी हुँदा विदेश नै पुग्छन् काम गर्न नेपालीहरु।

     भर्खरै सार्वजनिक एक तथ्याङ्क अनुसार विश्वका विकसित देशले मात्रै कामदारलाई उल्लेख्य मात्रामा
ज्याला दिने गरेको पाइएको छ । वर्ल्ड इकोनोमिक फोरमले बनाएको विकसित देशहरुको तथ्याङ्कअनुसार
अष्ट्रेलिया तथा लग्जेम्बर्ग मुलुकहरुमा मजदुरको ज्याला धेरै छ । त्यस्तै बेल्जियम, आयरल्याण्ड, फ्रान्स,
नेदरल्याण्डजस्ता मुलुकहरु पनि कामदारको ज्याला उच्च भएको मुलुकहरुमा पर्दछ । यी देशहरुमा मजदुरले प्रतिघण्टा औसत ८ देखि १० अमेरिकी डलर पाउँछन् । घण्टाको दरले हेर्ने हो भने यी देशमा मासिक न्युनतम पाँच लाख नेपाली रुपैयाँ कमाइ हुन्छ । त्यस्तै, सबैभन्दा कम ज्याला भएका मुलुकहरुमा मेक्सिको, चिली, हंगेरी, चेक रिपब्लिक लगायत मुलुकहरु छन् । नेपाल पनि सबैभन्दा कम ज्याला दिने देशभित्रै पर्दछ ।


0 comments:

Like us

 

Search

 
Enjoy the site