Thursday, August 13, 2015

डा.नूतन शर्मालाई गर्भपतनको आशयले भ्रूणको लिंग परीक्षण गरेको भन्दै तीन महिनाका लागि निलम्बन

0 comments
२८ श्राबन - भ्रुण हत्या मानव हत्या हो । यसो गर्न सरकारले प्रतिबन्ध लगाएको छ । तर राजधानीकै एक नाम चलेको अस्पतालले वर्षौंदेखि अतिरिक्त कमाइका लागि काठमाडौ उपत्यका र बाहिरका समेत बच्चाको हत्या गर्दै आएको छ । यो हो राजधानीमा कहलिएको ललितपुरमा रहेको अल्का अस्पताल ।

त्यस अस्पतालमा कार्यरत महिला चिकित्सक नुतन शर्माले निकै पहिलेदेखि नै भ्रुणको हत्या गरेर अकुत कमाई गर्दै आएकी छन् । जावलाखेला रहेको यस अस्पतालमा अवैध रुपले गर्भपतन गराउनेको भीड नै लाग्ने गरेको छ ।

सो अस्पतालमै गैरकानूनी रुपले बच्चा हत्या गरिने उजुरी यसअघि पनि चर्चामा आउने गरेकै हो । सोही अस्पतालमा अवैध भ्रुणहत्या गरेको उजुरी सप्रमाण अख्तियारमा समेत केही अघि परेपछि एक महिला चिकित्सकलाई निलम्बन गरिएको थियो ।

अहिले फेरी सोही अस्पतालमा चिकित्सक नुतनले यस्तै धन्दा चलाएको तथ्य पाइएपछि उनलाई पेशागत काम गर्न नपाउने गरी नेपाल मेडिकल काउन्सिलको पूर्ण बैठकले निलम्बन गरेको छ । अवैध गर्भपतन गराएको प्रमाण सहित आइतबार उनलाई सजायँ दिइएको हो ।

ग्गलत र अवैध काम गर्ने नुतनलाई तीन महिनाका लागि निलम्बन गरिएपनि यस्ता कार्यमा संलग्न अल्का अस्पताललाई भने काउन्सिलले कुनै सजायँ वा चेतावनी दिएको छैन । सोही अस्पताल, यसका श्रोत साधन, उपकरण प्रयोग गरी भ्रुणको लिंग पहिचान गरी हत्या गरेको अभियोगमा उनी निलम्बित हुँदा अस्पतालले उन्मुक्ति पाउनु आफैंमा विरोधाभास पूर्ण भएको एक चिकित्सक बताउँछन् ।

अहिलेसम्म अल्का र नुतनले हजारौं छोरीको हत्या गरी आधा अर्बभन्दा बढी कमाई गरिसकेका अल्काकै पूर्व डाक्टरले धमाकालाई बताए ।

काउन्सिलले अस्पताल र गर्भपतनमा संलग्न अन्य स्वास्थ्यकर्मीलाई पनि कारबाही गर्न स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेको छ । विद्यमान कानूनी प्रावधान अनुसार लिंग पहिचान गरी गर्भपतन गर्न पाइदैन ।

काउन्सिलले चिकित्सकीय आरचासंहितालाई समेत ख्याल नगरेर कानुन विपरितको कार्य गरेको भन्दै यस्तो निर्णय गरेको जनाएको छ । श्रोत साभार :ई.कान्तिपुर

0 comments:

Like us

 

Search

 
Enjoy the site