Below slider

Content left

Content right

 

Sunday, August 23, 2015

झाक्रीकोमा गएकी एक महिलामाथि बलात्कार

0 comments
भदौ ६ ।
विवाह भएको ८ वर्षसम्म पनि बच्चा नभएपछि झाक्रीकोमा गएकी एक महिलामाथि  बलात्कार भएको छ । रौतहटको जोकाहाकी २५ वर्षकी ती महिलालाई झाक्रीले फुक्ने भन्दै बलात्कार गरेका हुन् ।मन्त्र लगाएर फुक्न सात ठाउँको पानी आवश्यक भएको भन्दै श्रीमानलाई पठाएपछि ४५ वर्षका झाक्री शेख मोफिजुल मियाले महिलामाथि बलात्कार गरेको पीडित आरोप लगाएका छन् । जिल्ला अस्पताल गौरमा गरिएको परीक्षणले झाक्री दोषी ठहर भएको छ ।डाक्टरले परीक्षणको क्रममा महिलाले झाक्रीलाई आक्रमण गरेको घाउहरु भेटिएको र झाक्रीको लुगामा पनि रगत भेटिएको बताएका छन् । महिलाले आफूलाई बलात्कार गरेको बताएपछि स्थानीय बासिन्दाले झाक्रीलाई प्रहरीकोमा बुझाएका थिए ।

0 comments:

Like us

 

Search

 
Enjoy the site