Tuesday, August 25, 2015

एसएसपी सर्वेन्द्र खनालले गुण्डाहरुको बारेमा गोप्य सूचना लिन सार्बजनिक गरेका मोबाइल नम्बरहरु हेर्नुहोस

0 comments
काठमाडौं, भदौ ८ - तत्कालिन प्रहरी अपराध महाशाखा प्रमुख (एसएसपी) पुष्कर कार्कीले २०७१ साउन २१ मा चर्चित गुण्डा नाईके दिनेश अधिकारी ‘चरी’ मारिएको खबर दिएका थिए । त्यसको ठ्याक्कै एक वर्ष बितेको केहि दिनपछि अपराध महाशाखाकै अर्का प्रमुख एसएसपी सर्वेन्द्र खनालले अर्का चर्चित गुण्डानाईके कुमार श्रेष्ठ ‘घैंटे’ मारिएको जानकारी दिए । प्रहरीका अनुसार दुवै गुण्डानाईकेहरु ईन्काउण्टर (मुठभेड) मा मारिएका हुन् ।

अपराध महाशाखाले राजनैतिक संरक्षणमा फिरौती, गुण्डागर्दी गर्दै आएका दुई गुण्डानाईकेलाई एक वर्षको बीचमा मुठभेडमा मारेपछि अब गुण्डागर्दी कम हुनेमा आम जनताको विश्वास बढेसँगै महाशाखालाई भने चुनौती थपिएको छ । अब अपराध विरुद्धको अपरेशनलाई थप सशक्त बनाइने बताएपछि अबको निशानामा को होला ? भन्ने कुराले पनि सनसनी मच्चिन थालेको छ ।

अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनालले गुण्डागर्दी गर्नेहरुको अब दिनगन्ती सुरु हुने भन्दै चेतावनी दिएका छन् । उनले अब गुण्डागर्दी गर्नेहरुलाई समाप्त पार्न कति दिन लाग्ने हो भन्ने दिनका कुरा मात्र भएको भन्दै कुनै दवाव र प्रभावमा परेर कारवाही नरोकिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

अपराधीक गतिविधि लागेका तथा अहिलेसम्म पनि सो नत्यागेकाहरु अब नबच्ने बताउँदै एसएसपी खनालले गुण्डा नाईकेहरु बारे सबै सूचना संकलन भइरहेको बताए ।

राजधानीलाई गुण्डामुक्त क्षेत्र बनाउने अभियान थालेका खनालले अपराधिक गतिविधिमा लागेकाहरुको सूचना दिन व्यक्तिगत तथा कार्यालयको हट लाईन नम्बर समेत सार्वजनिक गरेका छन् । खनालले व्यक्तिगत मोवाईल नम्बर ९८५११८५८११ वा अपराध महाशाखा प्रमुखले प्रयोग गर्ने स्थायी मोवाईल नम्बर ९८५१२८४०३२ मा सम्पर्क गरेर सूचना दिन सबैलाई आग्रह समेत गरका छन् ।


0 comments:

Like us

 

Search

 
Enjoy the site