Tuesday, August 18, 2015

क्यानडा सरकारले भूकम्प पीडित सबैलाई भिसा दिने भए

0 comments
१ भदौ २०७२ - भूकम्प पीडित नेपालीको क्यानडा भिसा आवेदन पक्रिया प्राथमिकताका साथ छिटो छरितो हुने भएको छ। क्यानडाका सिटीजनसिप र इमिग्रेसन मन्त्री क्रिस अलेक्जेन्डरले सो जानकारी दिएका हुन्।


भूकम्पबाट व्यक्तिगत रूपमा प्रभावित रहेको जानकारी दिए आवेदनकर्ताको सम्पूर्ण आवेदन पक्रिया तत्काल गरिने अलेक्जेन्डरले बताएका छन्। यसैगरी, क्यानडा भित्रै रहेका र छोटो समयको भिसा पाएकाले पनि आफ्नो बसाई लम्ब्याउन पाउने छन्।

त्यसका लागि इमिग्रेसन क्यानडामा निवेदन दिनुपर्ने छ। सो परियोजनका निम्ती सिटीजनसिप र इमिग्रेसन क्यानडा(सिआइसी)ले विशेष इमेल र फोन नम्बर सार्वजनिक गरेको छ।
नेपालमा रहेर क्यानडाको भिसा आवेदन दिइसकेकाहरुले आफ्नो ठेगाना र कसरी भूकम्पबाट प्रभावित भएको जानकारीसहित दिल्लीस्थित क्यानडेली दूतावासको इमेल  मा निवेदन दिनु पर्नेछ। त्यसमा आवेदन नम्बर पनि उल्लेख हुनु पर्नेछ। यसैगरी, घुम्न, पढ्न वा कामका निम्ती क्यानडा आउन चाहने नयाँ आवेदन कर्ताले पनि सिआइसीको वेब साइटबाट अनलाई आवेदन दिए लगतै भूकम्पबाट प्रभावित भएको सम्पूर्ण जानकारी दिल्ली दूतावासको इमेलमा छुट्टै पठाउनु पर्नेछ।

क्यानडा भित्रै रहेका आवेदनकर्ताले मा इमेल गरि भूकम्पबाट आफू कसरी प्रभावित भएको जानकारी दिई प्रक्रिया छिटो गर्न अनुरोध गर्न सक्ने छन्।

साथै सिआइसीको कल सेन्टरको नम्बर १-८८८-२४२-२१००मा फोन गरी आफू प्रभावित भएको जानकारी दिन सक्नेछन्।

क्यानडा नेपालमा गएको विनाशकारी भूकम्प प्रति निकै सम्वेदनशिल देखिएको छ। यसअघि तत्काल राहतका निम्ती ५ मिलियन क्यानडेली डलर सहायता घोषणा सहित एक उद्दार टोली पनि क्यानडाले नेपाल पठाईसकेको छ।

त्यसका साथै हाउस अफ कमनको निर्णयबाट नेपाल भूकम्म राहत कोष पनि क्यानडाले खडा गरेको थियो। सो कोष तथा अन्य दर्ता भएका संस्थाबाट २५ अप्रिलदेखी २५ मेसम्म उठेको चन्दा रकम बराबरनै सरकारले दिने घोषणा गरेको थियो।

मानवताका निम्ती निकै संवेदनशिल रहने क्यानडाको ओन्टारियो प्रान्तकी प्रिमियर क्याथलिन वाइनेले क्यानडा रेडक्रसको नेपाल भूकम्प पीडित राहत कोषमा १० लाख डलर चन्दा दिएकी थिइन्। क्यानडा रेडक्रसले नेपाल भूकम्प पीडित राहत कोष सञ्चालन गरि चन्दा संकलन गरिरहेको छ। source tajakhabar

0 comments:

Like us

 

Search

 
Enjoy the site