Wednesday, August 5, 2015

२ रेल १० मिनेटको फरकमा एकै ठाउँमा दुर्घटना हुँदा ३१ जनाको मृत्यु र २५ जना घाइते

0 comments
२० श्राबन - भारतको मध्यप्रदेशस्थित हरदा जिल्लामा दुईवटा रेल १० मिनेटको फरकमा एकै ठाउँमा दुर्घटना हुँदा ३१ जनाको मृत्यु र २५ जना घाइते भएको छ ।हालसम्म २५० जनाको उद्दार गरिसकेको छन्। घटना रातको ११:३० र ११:५० मा भएको थियो। कामायानी एक्सप्रेस र जनता एक्सप्रेसका केही डब्बा लिक बाहिर उछिट्टिदा  मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारत सरकारले दुर्घटनामा मृत्यु हुनेको परिवारलाई २ लाखका , गम्भिर घाइते हुनेलाई ५० हजार र सामान्य घाइते हुनेलाई २५ हजार सहयोग रकम उपलब्ध गराउने भएको छ ।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाप्रति दु:ख व्यक्त गर्नु भएको छ । उहाँले एक विज्ञप्ति जारी गर्दै मृतकको आत्माको चीरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति सान्त्वना व्यक्त गर्नुभएको छ । रेलवे प्रबक्ता अनिल सक्सेनाका अनुसार रेलको लिकमा पानी जमेकाले रेलको लीग झोल्लिएर दुबै रेल दुर्घटना भएको हो । रेलमन्त्री सुरेश प्रभुले घटनाको छानवीनका लागि सेन्ट्रल जोन मुख्य कमिश्नरलाई जिम्मा दिएको छ । एजेन्सी


0 comments:

Like us

 

Search

 
Enjoy the site