Saturday, August 29, 2015

यू-१९ साफ च्याम्पियनसिप फुटबलमा नेपालले इंडियालाई हराउदै च्याम्पियन बन्यो

0 comments
१२ भदौ, काठमाडौं । नेपालले पहिलो यू-१९ साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा भारतलाई पेनाल्टी सुट आउटमा ५-४ ले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।

यससँगै नेपालले दुई दशक लामो उपाधिको खरेडी टारेको छ । नेपालले सन् १९९३ मा ढाकामा भएको छैटौं दक्षिण एसियाली खेदकुदमा स्वर्ण जितेको थियो । त्यसयता नेपाली पुरुष टीमले कुनै पनि उपाधि जित्न सकेको थिएन । गर्यो र उपाधी हात पार्यो पुरा समाचार र भिडियो हेर्न तल थिच्नुहोस गर्दै

सात दोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा नेपालले ३१ औं मिनेटमा गोल गरेको थियो ।

कर्नरमा आएको बलमा अनन्त तामाङले गरेको हेड भारतीय गोलरक्षकले रोकेका थिए । तर, बाउन्स भएको बलमा तेज तामाङले गोल गरेका हुन् । त्यसअघि अन्जनको प्रहार भारतीय गोल रक्षकले मुस्किलले बचाएपछि नेपालले कर्नर पाएको थियो । श्रोत :अनलाईन खबर

तर, खेलको ८७ औं मिनेटमा भारतले पेनाल्टीमार्फत गोल फर्कायो । निर्धारित समयको खेल १-१ को गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुट आउटबाट लिइएको थियो ।

टाइब्रेकरमा नेपाली गोलरक्षक सोजित गुरुङले भारतका पहिलो पेनाल्टी नै रोकेका थियो । नेपाली सबै खेलाडीले गोल गरे । अन्तिममा अनन्त तामाङले गोल गर्दै नेपाललाई उपाधि दिलाए ।
FULL MATCH: India vs Nepal - SAFF Championship 2013
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

0 comments:

Like us

 

Search

 
Enjoy the site