Thursday, August 27, 2015

भक्तपुरको हनुमन्ते खोलामा बाढी कयौ घर डुबानमा

0 comments
काठमाडौँ १० , भदौ ।  भक्तपुरको हनुमन्ते खोलामा बाढी आएको छ । बाढीका कारण नदी किनाराका बस्ती डुबानमा परेका छन् भने बाढी बस्तीमा पसे पछि स्थानीयमा त्रसित बनेका छन्  । हनुमन्ते खोलाको पुलमाथिबाट पानी बग्न थालेपछि  कमलविनायक जगाती सडक अण्ड अवरुद्ध भएको छ  । पानीले भक्तपुर नगरपालिकास्थित महेश्वरी खेल मैदानमा रहेको भूकम्प पीडितको शिविर डुबाएको छ । ८ सय ५० जना बस्दै आएको सो शिविर डुबेपछि भूकम्प पीडित समस्यामा परेका छन्  । जिल्लाको सिद्धि स्मृति अस्पताल पनि डुबानमा परेको छ । अस्पतालको भुइँतलामा पानी जमेको छ । विरामीहरु अस्पतालको माथिल्लो तलामा रहेकोले खासै समस्या परेको छैन । 


उता  काभ्रे र भक्तपुरको सीमामा गएको पहिरो हटाईएको छ । पहिरोका कारण अरनिको राजमार्ग करिब दुई घण्टाको लागि अबरुद्द भएको थियो । सडक सुचारु भएसंगै  काठमाडौँबाट काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुला, महोत्तरी लगायतका जिल्लामा जाने र त्यताबाट राजधानी आउने यात्रुहरु गन्तब्य तर्फ अघि बढेका छन् । श्रोत :अनलाईन खबर

तस्बिर कान्तिपुर समाचार



0 comments:

Like us

 

Search

 
Enjoy the site