Thursday, August 20, 2015

साफ यु–१९ च्याम्पियनसिप फुटबलमा नेपालले भुटानलाई ३–१ गोलले पराजित

0 comments
काठमाडौं, भदौ ३ -  नेपालले पहिलो साफ यु–१९ च्याम्पियनसिप फुटबलमा विजयी सुरुआत गरेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा विहीबार भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भुटानलाई ३–१ गोलले पराजित गरेको हो । नेपालको जितमा कप्तान विमल घर्तीमगरले ह्याट्रिक गरे । उनले खेलको १०औं, २९औं र ६२औं मिनेटमा गोल गर्दै नेपाललाई उत्कृष्ट जित दिलाएका हुन् ।

खेलको ७३औं मिनेटमा नेपालले पाएको पेनाल्टीमा भने विमल गोल गर्नबाट चुकेका थिए ।

भुटानका तर्फबाट सोनाम तोग्बेले एक सान्त्वना गोल गरे । जितसँगै नेपालले ३ अंक जोडेको छ । नेपालले आफ्नो दोस्रो खेलमा बंगलादेशको सामना गर्नेछ ।

प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, अफगानिस्तान, भुटान र माल्दिभ्स सहभागी छन् । नेपाल, भुटान र बंगलादेश समूह ‘ए’मा रहेका छन् भने समूह ‘बी’मा भारत, अफगानिस्तान र माल्दिभ्स रहेका छन् ।

दुबै समूहको शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्ने छन् । प्रतियोगिताको फाइनल भदौ १२ गते हुनेछ ।


0 comments:

Like us

 

Search

 
Enjoy the site