Saturday, August 1, 2015

सलमानविरुद्ध फाँसी सजायँको माग

१६ श्रबन - बलिउड अभिनेता सलमान खानलाई बेला बेलामा हुने बिबादले सताइरहेको हुन्छ |उनि बलिउडका अरु कलाकार भन्दा बढी बिबादित बन्ने गरेका छन् |पछिल्लो समय पाँच वर्षको जेल सजायँ पाएका सलमानले माथिल्लो अदालतबाट न्याय पाएका थिए ।यही क्रममा विहीबार भारतमा फाँसी सजायँ सुनाइएका याकूब मेमनको पक्षमा बोलेको भन्दै सलमानविरुद्ध फाँसी सजायँको माग उठ्न थालेको छ । त्यो पनि सत्तारुढ दलकै नेताबाट । सत्तारुढ भारतीय जनता पार्टीका सांसद उषा ठाकुरले सलमान खानलाई मृत्युदण्ड सजायँ दिन माग गरेकी छिन् ।

उनले याकूब मेमन जस्तैगरी सलमानलाई पनि फाँसीमा झुण्ड्याउनुपर्ने बताएकी हुन् । उषाले देशविरोधी गतिविधी गर्ने अपराधी भएकाले अपराधीको पक्ष लिने पनि देशद्रोही हो भन्दै सलमानलाई फाँसीमा चढाउन अदालत र न्यायधिशलाई आग्रह गरेकी छिन् । सलमानले याकूबलाई फाँसीमा झुण्ड्याउनु दुई दिन अगाडि फाँसीमा चढाउनु गलत कार्य भएको भनेर न्यायलयको अलोचना गर्नेगरी ट्विट गरेका थिए ।

यस्तो विवादास्पद भनाईपछि सांसद उषाका अमर्थक र अचोलक दुई धारमा छुट्टिएका छन् । उनको राजीनितक बजारमा पनि आलोचना सुरु भएको छ । उनका समर्थकले पनि सामाजिक सञ्जालमा मृत्युदण्डको माग गरिरहेका छन् । उषा सत्तारुढ दल भाजपाको मध्य प्रदेशको इन्दौरकी सांसद हुन् ।

तर यस बिषयमा सलमानको पक्षमा अदालतले के निर्णय गर्छ भन्ने बारेमा कुनै प्रतिक्रिया आएको छैन |सलमानले पनि देशद्रोहिको आरोपमा मृत्युदण्ड पाएका मेमनको पक्षमा आफ्नो मत दिएका थिए |
श्रोत :अनलाइन खबर


Like us

 

Search

 
Enjoy the site