Monday, August 24, 2015

थरुहट तथा मधेसी दलका कार्यकर्ता र प्रहरीबीच भिडन्त हुँदा प्रहरी सहित जम्मा २४ जनाको मृयु

0 comments
भदौ-७, कैलाली - कैलालीको टिकापुरमा सोमबार दिउँसो थरुहट तथा मधेसी दलका कार्यकर्ता र प्रहरीबीच भिडन्त हुँदा प्रहरी सहित जम्मा २४ जनाको ज्यान गएको छ । प्रहरीका एक एसएसपी सहित २१ प्रहरी र अन्य ३ आन्दोलनकारीको मृत्यु भएको हो । ज्यान गुमाउनेमा ११ जना सशस्त्र प्रहरी र १० जना जनपथ प्रहरी रहेका छन् ।

सयौं थरुहट तथा मधेसी दलका कार्यकर्ता र प्रहरीबीच भिडन्तका क्रममा सेती अञ्चल प्रहरी कार्यालयका एसएसपी लक्षमण न्यौपानेसहित २१ जना प्रहरी मारिएका छन् । टिकापुर नजिकैको मुनुवा गाविस ६ सिलम चौराहमा हजारबढीको संख्याका थरुहट र मधेसी दलका कार्यकर्ताले प्रहरीमाथि आक्रमण गरेका थिए । प्रदर्शनकारीले छुरा, भाला र बन्चरोले प्रहरीमाथि आक्रमण गरेका थिए ।

 ज्यान गुमाउनेमा इन्सपेक्टरहरु बलराम विष्ट र केशव बोहरा रहेका छन् । घटनामा हवलदारहरु रामबिहारी चौधरी र ललित साउद तथा जवानहरु लोकन्द्र चन्द र लक्ष्मण खड्काले पनि ज्यान गुमाएका छन् । घटनामा कम्तिमा पनि ५० जना प्रहरी घाइते भएका छन् ।

 करिब दश हजारको संख्यामा रहेका थरुहट र मधेसी दलका कार्यकर्ताले प्रहरीमाथि धावा बोलेका थिए । चारैतर्फबाट टिकापुरमा पसेका प्रदर्शनकारीले एकै पटक घेरेर आधुनिक हतियारको समेत प्रयोग गरी प्रहरीमाथि धावा बोलेको प्रहरी अधिकृतहरुको भनाइ छ ।

यतिखेर टिकापुरमा अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरीएको छ । साथै सेनाको हेलिकोप्टर टिकापुरमा अवतरण भईसकेको छ ।


0 comments:

Like us

 

Search

 
Enjoy the site