Sunday, September 13, 2015

मोबाइल फोन चार्ज गर्ने क्रममा कालिकोटमा दुर्इजना बालकको मृत्यु

0 comments
२७ भदौ, कालिकोट । मेहलमुडी–२ जोगीबारा बस्ने पदमनाथ योगीको छोरा १४ वर्षीय चनेसनाथ योगी र सोही ठाउँ बस्ने हरिनाथ योगीको छोरा १३ वर्षीय माननाथ योगीको मोबाइल चार्ज गर्ने क्रममा ब्याट्री पडकन जाँदा शनिबार घटनास्थलमै मृत्यु भएको छ ।

मेहलमुडी–२ जोगीमारामा सकेट बमजस्तो देखिने बस्तु बिष्फोट हुँदा २ बालकको मृत्यु भएको भन्ने खवर प्राप्त भएपछि खटि गएको प्रहरीले बुझ्दा पदमनाथ योगीको घरमा अन्य मानिस नभएको अवस्थामा १२ भोल्टको ब्याट्रीमा मोवाइल चार्ज गर्दा उक्त घटना भएको खुल्न आएको छ ।यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।


0 comments:

Like us

 

Search

 
Enjoy the site