Thursday, September 10, 2015

फ्लाई दुबईमा ३०% छुटमा टिकट

0 comments
२४ भदौ २०७२  - फ्लाई दुबईले आफ्ना यात्रुहरुलाई ३० प्रतिशत छुट उपलब्ध गराउने घोषणा गरेको छ । यही अक्टोबर १ तारिखदेखि २०१६ जुन ३० सम्म उडान गर्ने यात्रुहरुले फ्लाई दुबईले उडान भर्ने दुबई र अन्य केही गन्तव्यमा बिजनेश साथै इकोनोमी क्लासमा यस्तो छुट पाउने छन् । यसका लागि भने यात्रुहरुले सेप्टेम्बर २० अगाडि नै उडान टिकट बुकिङ गर्नुपर्ने हुन्छ ।
 फ्लाई दुबईले सातामा ४५ राष्ट्रका ९० भन्दा बढी शहरमा उडान भर्दै आएको छ । सातामा ४९ वटा विमानमार्फत १ हजार ६ उडान भरिरहेको कम्पनीले जनाएको छ । इमिरेट्सले पहिले दुबई उडान भर्दै आएकोमा पछिल्लो समय फ्लाई दुबईले नेपालमा नियमित उडान भर्दै आएको छ । गल्फ कोअपरेशन काउन्सिलका ६ राष्ट्र, मध्यपूर्व, अफ्रिका, आर्र्मेिनया, अजरबैजान, जर्जिया, इरान, टर्की, रशिया, मध्य एशिया र युरोप लगायतका देशहरुमा फ्लाई दुबईले उडान भर्दै आएको छ ।

0 comments:

Like us

 

Search

 
Enjoy the site