Wednesday, September 2, 2015

टिकापुर घटनामा मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई आर्थिक सहयोग

0 comments
 मृतकको सन्ततीलाई निःशुल्क अध्ययनको व्यवस्था

१६ भदौ २०७२ - कैलाली जिल्लाको टिकापुरमा भएको घटनामा मृत्यु भएका दुईजना सशस्त्र प्रहरी कर्मचारीका परिवारलाई सशस्त्र प्ररहीले आर्थिक सहयोग तथा एक/एक सन्ततीलाई छात्रवृत्तिको व्यवस्था गरेको छ।

घटनामा परेका सशस्त्र प्रहरी कर्मचारीका परिवारलाई सशस्त्र प्रहरी बल कल्याणकारी सेवा केन्द्रले एक/एक लाख रुपैयाँ नगद प्रदान गरेको हो।

सो रकम सशस्त्र प्रहरी बल उग्रतारा गण टिकापुर कैलाली मार्फत सशस्त्र प्रहरी बरिष्ठ हवल्दार स्वर्गिय ललितबहादुर साउदको परिवारलाई तथा सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय बर्दिया मार्फत सशस्त्र प्रहरी हवल्दार स्वर्गिय रामविहारी थारुको परिवारलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

यसैगरी मृतक सशस्त्र प्रहरीका एक/एक जना सन्तानलाई सशस्त्र प्रहरी परिवार महिला संघले उनीहरुको अभिभावकको स्वीकृती भएमा काठमाडौं ल्याई आवाशीय सुविधासहित १२ कक्षासम्म अध्ययनको व्यवस्था मिलाउने जानकारी दिएको छ।

घटनामा प्रदर्शनकारीले प्रहार गरेको गोलीबाट सशस्त्र प्रहरी सहायक हवल्दार नेत्रबहादुर साउदको करीव डेढ वर्षिय छोरा टेकबहादुर साउदको समेत मृत्यु भएको थियो। उनलाई समेत सशस्त्र प्रहरी बल कल्याणकारी सेवा केन्द्रले ५० हजार रुपैयाँ प्रदान गरेको छ।

 कल्याणकारी सेवा केन्द्रद्वारा यसअघि मृतक दुवैजना सशस्त्र प्रहरी कर्मचारीको किरीया खर्चवापत तत्कालै उनीहरुका परिवारलाई तीस/तीस हजार रुपैया प्रदान गरेको छ। किरीया खर्चवापतको रकम सशस्त्र प्रहरी बलको कल्याणकारी योजना अन्तर्गत व्यवस्था रहेको छ।

बलको कल्याणकारी योजना अन्तर्गत निर्जिवन दुर्घटना विमावापत चार लाख रुपैयाँ तथा सेवा अवधिभरको प्रत्येक वर्षको लागि वार्षिक दुई हजार रुपैयाँका दरले रकम प्रदान गर्ने बताएको छ। यसैगरी मृतक सशस्त्र प्रहरी कर्मचारीको क्लोदिङ वापत जम्मा भएको रकम समेत प्रदान गर्ने सशस्त्रले जनाएको छ।

यसैगरी ड्युटीको सिलसिलामा मृत्यु भएका दुवै सशस्त्र प्रहरी कर्मचारीको नजिकको हकदारलाई कर्मचारी संचयकोषबाट नियमानुसार जम्मा भएको संचित रकमको अतिरिक्त कल्याणकारी योजना अन्तर्गतको विमा रकम ५० हजार तथा किरिया खर्चवापतको रकम २५ हजार र दुर्घटना क्षतिपुर्ती वापतको रकम ५० हजार समेत पाउने छन्।

ड्युटीको सिलसिलामा मृत्युहुने सशस्त्र प्रहरी कर्मचारीको नजिकको हकदारलाई निज सशस्त्र प्रहरीले खाइपाई आएको तलवको आधा पारिवारिक निबृत्तिभरण प्रदान गरिने व्यवस्था सशस्त्र प्रहरी नियमावली २०७२ मा उल्लेख छ। त्यस्तो सशस्त्र प्रहरी दश वर्षसम्मको सेवा अवधि नपुग्दै मृत्यु भएमा ६ महिनाको तलव बराबरको रकम, १० वर्षदेखि २० वर्षसम्मको सेवा अवधि पुरागरी मृत्यु भएमा ९ महिनाको तलव बराबरको रकम तथा २० वर्षभन्दा बढि सेवा अवधि पुरागरी मृत्यु भएमा एक वर्षको तलव बराबरको रकम निजको नजिकको हकदारले पाउने छन्।

यसैगरी मृतक विल्लादार जवानको दुईजना सन्ततीले त्यस्तो सशस्त्र प्रहरीको सुरु तलव स्केलको १४ प्रतिशत रकम मासिक रुपमा सन्ततीवृत्ति पाउने छन्। यसैगरी उनीहरुलाई सन्ततीवृत्तिको अतिरिक्त एक हजार आठ सय रुपैयाँ मासिक रुपमा शैक्षिकवृत्ति समेत प्रदान गरिनेछ।

मृतक सशस्त्र प्रहरीको नजिकको हकदारले औषधी उपचार, घरविदा, विरामी विदा वापतको रकम प्राप्त गर्ने व्यवस्था समेत सशस्त्र प्रहरी नियमावली २०७२ मा उल्लेख छ। सो नियमावलीले मृतक सशस्त्र प्रहरीको परिवारलाई थप एक लाख रुपैयाँ दिने व्यवस्था समेत गरेको छ।

सामान्य ड्युटीको सिलसिलामा मृत्यु भएको सशस्त्र प्रहरी कर्मचारीको सेवा अवधि १५ वर्ष पुराभएको भए निजको सेवा अवधिमा निवृत्तिभरणको लागि आवश्यक पर्ने सेवा अवधि पुर्‍याउन आवश्यक पर्ने अवधि थप गरी निजको परिवारलाई निवृत्तिभरण वा उपदान जुन लिन चाहन्छ सो रोजेर दिने व्यवस्था समेत उक्त नियमावलीमा रहेको छ।

यसैगरी विशेष ड्युटीमा खटिएको वेला मृत्युहुने सशस्त्र प्रहरी कर्मचारीलाई मरणोपरान्त एक तह पदोन्नती गरी सोही पद अनुसारको पुरा तलव निजको परिवारलाई त्यस्तो सशस्त्र प्रहरी कर्मचारीको उमेरको हदले अवकाश प्राप्त गर्ने अवधि ननाघ्ने गरी बढिमा सात वर्षसम्म दिइने व्यवस्था समेत सो नियमावलीले गरेको छ।

सात वर्ष अवधि व्यतित भई सकेपछि मृतक सशस्त्र प्रहरीको सेवा अवधि निवृत्तीमरण अवधि पाक्नेभन्दा कम भएमा निवृत्तिभरण पाकेको अवधि सरह र निवृत्तिभरण पाक्ने अवधिभन्दा बढि सेवा अवधि भएमा सोही बमोजिम मृतक सशस्त्र प्रहरीको परिवारले निवृत्तिभरण पाउनेछन्। श्रोत साभार : सेतोपाटी 

0 comments:

Like us

 

Search

 
Enjoy the site