Tuesday, September 8, 2015

यु- १९ साफ च्याम्पियन जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने तामाङलाई सम्मान

0 comments

यु -१९ साफ च्याम्पियन मा भारतविरुद्ध टाई ब्रेकरमा निर्णायक गोल गर्ने नेपाली टिमका उपकप्तान अनन्त तामाङ्लाई उनको गृह नगर शिवसताक्षीमा भव्य  कार्यक्रमको आयोजना गरी  अाज सम्मान गरिएको छ।
झापाको शिवसताक्षी नगरमा स्थाई घर भएका तामाङ्गले भदौ १२ गते सम्पन्न यु -१९ साफ च्याम्पियनसीपको उपाधि नेपालको पक्षमा दिलाउन पेनाल्टी सुटमार्फत् निर्णयक गाोल गरेका थिए।

झापाको झिलझिले, दुधे, धरमपुर, शिवगञ्ज, माईधार लगायतका स्थानमा उनलाई सवै उमेर समुहका सर्वसाधरण नागरिकले फुलमाला अबिर खादा दोसल्ला र नगद दिएर सम्मान गरेका हुन।

२२ वर्षे इतिहासलाई तोड्दै नेपालले भारतविरुद्ध यु -१९ साफ च्याम्पियनसीपको उपाधि हात पार्न टिम वर्क र कुशल प्रशिक्षक पाएकाले उपाधि जित्न नेपाल सफल भएको तामाङ्गले बताए। झापाको शिवसताक्षी ३ स्थित व्याँङ्गडामा आयोजित एक समारोहमा बोल्दै उपकप्तान तामाङ्गले खेल सकिन ५ मिनेट बाँकी छदाँको नेपालविरुद्धको टाई ब्रेकरमा भारतले गोल गरेपछि आफु भावविव्हल भएको सुनाए। त्यतिबेला उनले टिमको कप्तानी सम्हालेका थिए।

टाई ब्ररेकरमा भारतको पहिलो प्रहारलाई कुसल गोल किपर सोजित गुरुङ्ले रोकेपछि पुनः उपाधिको आसा पलाएको उनले सुनाए। 'मलाई प्रशिक्षक बालगोपाल महर्जनले तेस्रो किक गर्न भन्नुभएको थियो तर मैले मानिनँ र पाँचौ किक मेरोमा दर्ज भयो' उनले भने 'मैले हानेको किकले भारत हार्यो  र सारा नेपालीको जित भयो।'

तामाङ्लाई स्थानिय सतासीधाम स्पोटिङ्ग क्लवले मोटरसाईकल र्यालीको आयोजना गरेर नगर परिक्रमा गराएको थियो। सो र्यालीमा व्यापारी, शिक्षक, विद्यार्थी, खेलाडी लगायत सयौंको संख्यामा सर्वसाधारणको सहभागीता थियो।

२२ वर्षे पुरानो इतिहासलाई एक झापाली फुटवल खेलाडीले सिङ्गो मुलुकलाई जित दिलाउन गरेको कामको प्रशंसा गर्दे उनलाई सामुहिक रुपमा सम्मान गरिएको सतासीधाम स्पोटिङ्ग क्लवका टिम क्याप्टेन नरविर फागो (भाग्य) ले बताए। अनन्तको सम्मान कार्यक्रममा उनका बुबा चन्द्रबाहादुर गोलेले नेपालका लागि लागेको गोलको खडेरी अनन्तले पेनाल्टी सुटमार्फत तोडदै नयाँ इतिहास कायम गर्न सफल भएकोमा आफ्नो छोरासहित नेपाली टिमलाई बधाई दिए। अनन्तको सम्मान कार्यक्रममा आमाद्धय मायादेवी , शान्तिमाया दाई फुर्वा (प्रदीप) गोलेको पनि उपस्थिति थियो। श्रोत : २१ भदौ सेतोपाटी 

0 comments:

Like us

 

Search

 
Enjoy the site