Wednesday, September 30, 2015

अख्तियारले कारबाही सिफारिस गरेका एमालेका दुई मन्त्री फिर्ता बोलाउन प्रधानमन्त्रीले केपी ओलीसँग आग्रह

0 comments

१३ असोज, काठमाडौं । अख्तियारले कारबाही सिफारिस गरेका एमालेका दुई मन्त्री फिर्ता बोलाउन प्रधानमन्त्री सुशील कोइरालाले मंगलबार साँझ केपी ओलीसँग आग्रह गरेका छन् ।
शुक्रबार सुरु हुने संसद अधिवेशनमा राजीनामा दिने घोषणा गरेका प्रधानमन्त्री कोइरालाले दुई दिनअघि ओलीलाई टेलिफोन गरी अख्तियारले कारबाही सिफारिस गरेका खेलकुदमन्त्री पुरुषोत्तम पौडेल र उर्जामन्त्री राधा ज्ञवालीलाई फिर्ता बोलाउन आग्रह गरेको अन्नपूर्ण पोस्टमा खबर छ ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार ओलीले बुधबार साँझसम्ममा ती दुई मन्त्री फिर्ता नगरे प्रधानमन्त्रीले आफूले उनीहरुलाई बखास्त गर्ने जानकारी पनि गराएका छन् ।

0 comments:

Like us

 

Search

 
Enjoy the site