Friday, September 25, 2015

साउदी अरब मक्का हजका क्रममा भएको भगदौडमा मर्नेको संख्या ७१७ जना पुग्यो

0 comments
८ असोज २०७२ शुक्रबार। साउदी अरबको पवित्र शहर मक्काको मिनामा हजका क्रममा बिहीबार भएको भगदौडमा मर्नेको संख्या ७१७ जना पुगेको छ ।

यो घटनामा चारजना नेपाली नागरिक पनि मारिएका छन् । घटनामा सयौं मारिएपछि त्यहाँ पत्रकारहरुलार्इ समेत जान प्रतिबन्ध लगाइएको छ ।

अल जजीरा टेलिभिजनकी पत्रका बासमा अतासीले पत्रकारहरुलार्इ त्यहाँ पस्नै नदिएको बताइन् ।

'हामीलार्इ घटना भएको जग्गा भन्दा धेरै वर रोकिएको छ । जहाँ हामीलार्इ रोकिएको छ, त्यहीँबाट पनि घटना कति भयानक रहेछ भन्ने पत्ता लगाउन समस्या भएन',  उनले भनेकी छन्, 'कयौं कन्टेनर र ट्रकहरु लाशले भरिएका थिए । कालो सडक सेताम्ये भएको थियो ।

भारतको हैदराबादकी रहने ६० वर्षीया बीबीजानलार्इ हजयात्रामा पठाउन उनका छोराहरुलार्इ उनी कहिल्यै नआउने कुरा सायदै थाहा थियो । मारिनेमा जान पनि सामेल छिन् ।

उनका ६९ वर्षीय पति मजिद पनि उनीसँगै थिए । तर जब भागदौड मच्चियो तब उनको हात पतिको हातबाट फुत्किन पुग्यो ।
दह्रोसँग पक्डेको पतिको हात धेरै बेर उनले समाउन सकिनन् । 'उनलार्इ पक्रिराख्न मैले धेरै कोशिस गरेँ, तर हातमा पसिना आएपछि उनको हात छुट्यो', मजिदले भारतीय सञ्चारमाध्यमलार्इ टेलिफोनमा भने, 'त्यसपछि उनी भुइँमा लडिन् अनि उनलार्इ सबैले कुल्चे । मैले मद्दतका लागि गुहार मागेँ । जब भागदौड सकियो तबसम्म मैले उनलार्इ सदाका लागि गुमाइसकेको थिएँ ।'

भारतको भोपाल शहरका काजी सैय्यद मुश्ताक अली नदवीका अनुसार बिहान १० बजेको थियो । उनी नातेदार र अन्य हजयात्रीसँगै हरम शरिफ नजिकै सैतानलार्इ ढुंगा हान्ने रीत पुरा गर्नका लागि निस्केका थिए ।

उनीहरु करिब डेढ किलोमिटर परसम्म पुग्न सके । त्यही बेला मिनामा भागदौड शुरु भएको खबर आयो । खबर आएपछि मिनातर्फ अघि बढेका उनीहरु त्यहाँ पुग्दा मक्का तीर्थस्थल लाशले भरिइसकेको थियो ।

भागदौडमा बाँचेर भेटिएका जति चिनेजानेकालार्इ उनीहरुले क्याम्पमा राखेर प्रहरीलार्इ खबर गरे । तर घटना हुनुभन्दा पहिले नै प्रहरी घटनास्थलबाट हिँडिसकेको उनको भनाइ छ ।
साउदी अरबको एक टीभीका पत्रकार टीआई इसोफुका अनुसार लाखौंको संख्यामा मानिस सैतानको प्रतिक खम्बामाथि ढुंगा हान्न गइरहेका थिए ।

ठीक त्यही बेला अन्य हजयात्री पनि अर्को दिशाबाट त्यहींतर्फ अघि बढे । त्यही बेला त्यहाँ भागदौड शुरु भयो ।

भागदौडपछि मानिसहरु सुरक्षित स्थानमा पुग्न एक दोस्रोमाथि चढ्न थाले। कयौं मानिस पुलबाट पनि खस्न पुगे । त्यो बेला त्यहाँ अधिकांश मानिसहरु नाइजेरिया, नाइजर, चाड र सेनेगलका थिए ।

मारिनेहरुमा बालबालिका र महिला पनि छन् । मानिसहरु अल्लाह पुकार्दै सहयोग मागिरहेका थिए तर उनीहरुको पुकार सुनेर मद्दत गर्ने कोही भएनन् । एजेन्सी


0 comments:

Like us

 

Search

 
Enjoy the site