Friday, September 4, 2015

९१ बर्ष अघि नै नेपालले ओलम्पिकमा स्वर्ण पदक प्राप्त गरेको इतिहास छ |

0 comments

नेपालीले ९१  वर्षअघि नै ओलम्पिकमा पदक जितेका थिए त्यो पनि स्वर्ण पदक।

विधान लामाले सन् १९८८ को सोल ओलम्पिकमा प्रदर्शनी खेलमा राखिएको तेक्वान्दोबाट कास्य पदक जितेका थिए जुन आधिकारिक मानिँन्छ तर त्यो सत्य होइन ,९१ बर्ष अघि नै नेपालले ओलम्पिकमा स्वर्ण पदक प्राप्त गरेको इतिहास छ ।
                                       सन् १९२२मा पहिलो पटक सगरमाथा आरोहणको लागि गएको टोलि तर असफल भए चढ्नु ,यहि टोलीमा थिए नेपाली तेजवीर बुरा (बुढा)

१९२४ मा फ्रान्सको चेमोनिक्समा भएको हिउँदे ओलम्पिकमा नेपालीले जितेको स्वर्ण पदकबारे सन् २०१२ तिर मात्र पत्ता लागेको छ। नेपाली खेलाडी तेजवीर बुरा (बुढा) ले पर्वतारोहण (अल्पानिजम) मा स्वर्ण जितेका रहेछन्। सन् १९२२ मे महिनामा तेजवीरसँगै सर चार्ल्स जोफ्री ब्रुस र जर्ज इङले फिन्चको टोलीले सगरमाथा चढ्ने पहिलो प्रयास गरेको थियो। १९२१ मा सगरमाथा चढ्ने रुट पत्ता लागेको अर्को वर्ष उनीहरू विश्वको सर्वोच्च शिखरतर्फ लम्केका थिए। बेलायती ब्रुस टोली नेता थिए भने फिन्चलाई अहिलेसम्मकै उत्कृष्ट पर्वातारोहीमध्ये एक मानिन्छ।
को थिए तेजवीर

ब्रिटिस-भारतीय सेनामा छैटौं गोर्खा राइफलको दोस्रो बटालियनका एनसिओ (तालिम गराउने, अनुशासन कायम गर्ने, सम्पत्ति सुरक्षा गर्ने) थिए तेजवीर। नेपाली भए पनि उनी कहाँका हुन् भन्ने केही खुलेको छैन। तेजवीरले पाएको उक्त पदक इङ्ल्यान्डको विनचेस्टरस्थित गोर्खा संग्रहालयमा सुरक्षित छ।

                                     सन् १९२४ मा प्राप्त ओलम्पिक स्वर्णपदक सन् २०१२को ओलम्पिक भन्दा पहिले सगरमाथामा पुराउने कार्य गर्दै केनटोन कुल

उनीहरूको टोली त्यसबेला ८ हजार २ सय ३० मिटर (२७ हजार फिट) सम्म पुगेको थियो। मे २५ मा तेजवीरसहितको टोली २६ हजार फिटमाथि चढेको थियो। तेजवीर केही सय फिट माथि पुगेपछि घोप्टो परेर ढलेको फिन्चको डायरीमा उल्लेख छ। फिन्चको किताबमा उल्लेख भएनुसार तेजवीरले ५० पाउन्ड तथा ब्रुस र फिन्चले ४०-४० पाउन्डको भार बोकेका थिए। आरोहणका क्रममा भारतीय सदस्यहरूको मृत्यु भएको पाइए पनि अन्य विवरण खुलेको छैन।

सगरमाथा आरोहणको इतिहास पल्टाउँदा ब्रुस र फिन्चले तेजवीरलाई २७ हजार फिटसम्म लैजाने र त्यसपछि आफूहरू दुईजना अघि बढ्ने योजना बुनेको देखिन्छ। तर, उनीहरू सफल भएनन्। त्यसको ३२ वर्षपछि तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले सन् १९५३ मा पहिलोपटक सगरमाथा शिखरमा पाइला राखेका थिए। ब्रुस टोलीको यही पर्वतारोहण अभियानले त्यस बेलासम्म सबैभन्दा बढी उचाइमा पाइला राखेको भनेर १९२४ को हिउँदे ओलम्पिकमा स्वर्ण पदक जितेको थियो। यो अभियानका तेजवीरसहित २० जनालाई स्वर्ण पदक दिइएको थियो।

                   १९२२ मा तेजवीरसँगै सर चार्ल्स जोफ्री ब्रुस र जर्ज इङले फिन्चको टोलीले सगरमाथा चढ्ने पहिलो प्रयास गर्दाको क्षण। यीमध्ये तेजवीर को हुन् भन्ने खुलेको छैन



बल्ल पत्ता लाग्यो

आधुनिक ओलम्पिकका जन्मदाता जाँ पियेर कुबरतिनले १८९६ मा ओलम्पिक सुरु गराएका हुन्। त्यही वर्ष पर्वतारोहणमा स्वर्ण पदक दिने उल्लेख गरिए पनि १९२४ मा चोमोनिक्समा भएको पहिलो हिउँदे ओलम्पिकमा बल्ल यो पदक दिइएको थियो।
१९२४ को ५ फ्रेब्रुअरीका दिन त्यही सन् १९२२ को सगरमाथा अभियानका उपनेता लेफ्टेनन्ट कर्नेल स्ट्रटलाई टोलीका प्रत्येक सदस्यले पाउने गरी १३ स्वर्ण पदक प्रदान गरिएको थियो। त्यो टिमको टोली नेता (ब्रुस) ब्रिटिस भएकाले पदक बेलायतको खातामा लेखिएको थियो। तेजवीर समूहका सदस्यमात्र भएकाले पदक नेपालको नाममा छैन तर नेपाली खेलाडीले स्वर्ण जितेको भनेर लन्डन ओलम्पिकको वेबसाइटमा नै उल्लेख छ।


अन्तर्राष्टिय ओलम्पिक कमिटीको नियमानुसार विभिन्न देशका खेलाडी सम्मिलित कुनै एक टोलीले पदक जिते क्याप्टेनको राष्ट्रियताका आधारमा त्यो देशलाई पदक दिने प्रावधान छ। सम्भवतः ओलम्पिक इतिहासमै ब्रुस र तेजवीरको टोलीमात्र यो नियममा बाँधिएको हुनसक्छ।

कुबरतिन आफैंले त्यो पदक प्रदान गरेको ओलम्पिक जन्मदाताको डायरीमा उल्लेख छ। युरोपको सबैभन्दा अग्लो चुचुरो माउन्ट ब्ल्याङ्कको फेदमा त्यो पदक बाँडिएको थियो। पहिलोपटक उक्त पदक बाँडिदा पाउनेमा १२ बेलायती र अस्ट्रेलियाली फिन्च थिए। उक्त समयमा ब्रुस पर्वातारोहणका सिलसिलामा रहेकाले पदक समारोहमा उपस्थित थिएनन्। उनी फर्किएपछि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीसँग समन्वय गरी तेजवीर र अन्य ७ शेर्पा भरिया (सम्भवतः भारतीय अथवा तिब्बती) लाई स्वर्ण पदक दिन माग गरेका थिए। उनैको अनुरोधमा तेजवीरसहित अन्य ७ ले स्वर्ण पाएका थिए। ब्रुस तिनै व्यक्ति हुन् जसले कुल्ली, भरिया र पोर्टर भनेर चिनिँदै आएका शेर्पालाई सम्मानस्वरूप ‘द टाइगर्स’ उपनाम दिएका थिए।

९० वर्षपछि सगरमाथामा पदक

कुबरतिनले स्ट्रटलाई पदक दिँदा सोधेका थिए, ‘यसलाई सगरमाथामा पुर्‍याउन सकिन्छ कि सकिँदैन? जवाफमा स्ट्रटले मौका पाउनासाथ पुर्‍याउने वाचा गरेका थिए। त्यो वाचाको ८८ वर्षपछि ब्रुसको नेतृत्वमा रहेको टोलीले पाएको त्यो पदक सगरमाथामा पुर्‍याइएको थियो। ब्रुस, फिन्च र तेजवीर सगरमाथातर्फ अघि बढेको ९० वर्ष पुगेको भोलिपल्ट अर्थात यही वर्ष मे २६ मा पदक सगरमाथा पुर्‍याइयो। लन्डन ओलम्पिक २०१२ सुरु हुनुभन्दा ठीक दुई महिनाअघि।

ओलम्पिक पदक लिएर सगरमाथा आरोहण गर्ने केन्टन कुल थिए। सगरमाथामा उनको त्यो १० औं सफल आरोहण थियो। कुल आरोहण टोलीका निर्देशक ब्रिटिस रिचर्ड रवीन्सनले नागरिकसँग इमेल कुराकानीमा भने, ‘तेजवीरसहित ९० वर्षअघिको आरोहण टोलीको वाचास्वरूप र उनीहरूको सम्मानका लागि स्वर्ण पदक सगरमाथा पुर्‍याइएको हो।’

संकलन साभार – सुनिल श्रेष्ठ ( बिभिन्न अनलाइन श्रोतबाट )

0 comments:

Like us

 

Search

 
Enjoy the site