Saturday, September 19, 2015

हिलारी क्लिन्टनसँग बुद्ध भारतमा जन्मेको गलत सन्देश सच्याउन अाग्रह

0 comments


२ आश्विन २०७२ काठमाडाैं : अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी एवम् एक्सन फर नेशनका अध्यक्ष प्रकाश थापाले अमेरिकी राष्ट्रपति निर्वाचनकी डेमोक्र्याट उमेदवार हिलारी क्लिन्टनसँग भेटवार्ता गरेका गरेका छन् ।

पूर्वअमेरिकी विदेशमन्त्री समेत रहेकी हिलारीसँग क्यालिफोर्नियामा भएको भेटमा तेक्वान्दो खेलाडी थापाले अमेरिकी विद्यालयको कोर्समा रहेको ‘बुद्ध वाज बर्न इन इण्डिया’ भन्ने गलत सन्देश सच्चाउन आग्रह गरेका थिए ।

‘अमेरिकाका कतिपय पाठ्यक्रममा बुद्ध भारतमा जन्मिएको भन्ने गलत सन्देश प्रवाह गरिएको छ', उनले भेटपछि भने, 'मैले बुद्ध नेपालमा जन्मेकाले अमेरिकी पाठ्यक्रमको त्रुटि सच्चाउन अनुरोध गरेँ ।’

 त्यस अवसरमा पूर्वविदेशमन्त्री क्लिनटनले नेपालो बिषयमा चासो राखेकी थिइन । अध्यक्ष थापाले हिलारीलार्इ राष्ट्रपतीय निर्वाचनमा जितका लागि अग्रिम बधार्इ दिएका थिए ।

‘फेस्टिबल अफ ग्लोबल’ का लिडर समेत रहेका थापा विगतमा ब्रिटिस गोर्खाको अधिकार अभियानमा संलग्न थिए । एक्सन फर नेशन संस्थामार्फत थापाले मानवीय सहयोगको काम गर्दै आएका छन् । श्रोत साभार : अन्नपूर्ण पोस्ट

0 comments:

Like us

 

Search

 
Enjoy the site