Saturday, September 5, 2015

ल्यापटपको ब्याट्री बचाउने तरिकाहरु हेर्नुहोस

0 comments
 ल्यापटप कुनै पनि ब्रान्ड वा अपरेटिङ सिस्टमको होस, प्रयोगकर्ताहरु ब्याट्री सधैं बचाउन खोज्छन्। ब्याट्री बचाउने कुनै एप्लिकेशन हुँदैन तर यसका लागि हामीले सानो सानो कुरामा ध्यान दिनु पर्छ। ब्याट्री बचाउन हामी निम्न तरिका अपनाउन सक्छौं।

डिस्प्लेको लाइट डिम (कम) गर्नेः
ल्यापटपको ब्याट्री धेरै उज्यालो डिस्प्लेका कारण छिटो सकिने भएकाले चार्ज नगरेको समयमा ल्यापटप प्रयोग गर्दा डिस्प्लेको लाइट कम गर्ने।

वाईफाई र ब्लुटुथ बन्द राख्नेः
वाईफाई र ब्लुटुथ सधैं खुला भएको खण्डमा वाईफाई र ब्लुटुथ कनेक्सन नभएको समयमा कनेक्सन खोज्ने (सर्च) गर्ने काम भइरहन्छ । यस कारण ब्याट्री चाँडै नै सकिन्छ। त्यसैले वाईफाई र ब्लुटुथको प्रयोग नभएको खण्डमा बन्द गर्ने।

स्क्रिन सेभरलाई बन्द गर्नेः
ब्याट्री छिटो सकिने कारण मध्ये एक कारण हो स्क्रिन सेभर। ल्यापटपमा काम नभएका बेला यदि स्क्रिन सेभर खुला छ भने डिस्प्लेमा स्क्रिन सेभर आउन सुरु गर्छ। त्यसैले स्क्रिन सेभरलाई बन्द गरेर ब्याट्री जोगाउन सकिन्छ।

पावर सेटिङः
ल्यापटपको पावर सेटिङमा गएर मोनिटर टर्न अफको समयलाई कम गर्नु पर्छ। यसले ल्यापटपमा काम नभएको समयमा डिस्प्लेको लाइट बन्द हुन्छ, जसले ब्याट्री बचाउनमा मद्दत गर्छ।

एक्सटर्नल ड्राइभको कम प्रयोगः
ल्यापटपमा एक्सटर्नल ड्राइभ जस्तै पेन ड्राइभ, हार्ड डिस्क आदीलाई काम सकिने बितिक्कै निकाल्नु पर्छ। लागातार यस्ता एक्सटर्नल ड्राइभ ल्यापटपमा जोडी राखेमा छिटो ब्याट्री सकिन्छ।

 र्‍याम बढाउनेः
ल्यापटपमा जब र्‍याम कम हुन्छ तब ल्यापटप हार्ड डिस्कको भर्चुअल मेमोरीको प्रयोग गर्न थाल्छ। यस्तो स्थीतिमा हार्ड डिस्कले बढी पावर लिन थाल्छ र ब्याट्री छिटो सकिन्छ। र्‍याम बढाएमा ब्याट्री छिटो सकिनबाट जोगाउन सकिन्छ।

डिभिडी र सिडी ड्राइभको प्रयोग कम गर्नेः
ल्यापटपमा डिभिडी र सिडी ड्राइभको बढी प्रयोगले ब्याट्री छिटो सकिने हुन्छ। त्यसैले यदि फिल्म हेर्नु छ वा गीत सुन्नु छ भने डिभिडी र सिडीबाट पहिले ल्यापटपमा कपी गर्ने। यसले ब्याट्री जोगाउँछ।

अनावश्यक प्रोग्राम बन्द गर्नेः
ल्यापटपमा एकै साथ धेरै प्रोग्राम खोल्नाले पनि छिटो ब्याट्री सकिन्छ, त्यसैले आफूलाई चाहिने प्रोग्राम मात्र चलाउने।

स्ट्यान्डबाइको सट्टा हाइबरनेट गर्नेः
जति ब्याट्री हाइबरनेट मोडमा  बचाउन सकिन्छ त्यति ब्याट्री स्ट्यान्डबाइ मोडमा बचाउन सकिन्न। ब्याट्री बचाउनका लागि हाइबरनेट सेटिङमा गएर सट डाउन अप्सनलाई छान्ने।

0 comments:

Like us

 

Search

 
Enjoy the site