Sunday, September 27, 2015

एमाओवादी नेता भट्टराईद्वारा पार्टी परित्याग

0 comments
काठमाडौँ ,  एकीकत माओवादी वरिष्ठ नेता बाबुराम भट्टराईले शनिबार ९ असोज २०७२ पार्टी परित्यागको घोषणा गरेका छन् ।

राजधानीको बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा  पत्रकार सम्मेलन गरी उनले पार्टीको साधारण सदस्यता समेत छाडेको घोषणा गरे । पार्टी छाडेसँगै उनले व्यवस्थापिका–संसदको सदस्य समेत छाडेकाे बताए ।

दोश्रो संविधानसभा निर्वाचनमा भट्टराई गोरखा–२ बाट सर्वाधिक मतले विजयी भएका थिए ।

‘संविधाननसभाबाट एउटा चरण पुरा भइसकेको सन्दर्भमा मैले आजैका मितिदेखि लागू हुने गरी एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीको सम्पूर्ण जिम्मेवारी, सम्पूर्ण तहका मेरा दात्यिवहरु र साधारणसदस्यता समेत परित्याग गरेको घोषण गर्दुछ’, भट्टराईले भने, ‘आजपछि म विल्कुल स्वतन्त्र नागरिक मात्र बनेको छु र अब कुनै पाटीको सदस्य छैन ।’

उनले पार्टी परित्यागबारे एमाओवादी अध्यक्ष प्रचण्डलाई जानकारी गराइसकेको जानकारी दिए । सञ्चारकर्मीको एक जिज्ञाशामा उनले एकीकृत माओवादीलाई पुरानो र भत्केको घरको संज्ञा दिँदै पुनः फर्कने सम्भावना नरहेको बताए ।

‘घरबाट निस्केपछि नयाँ घर बनाउने वा जंगलमा बस्ने विभिन्न विकल्पहरु हुन्छ, पुरानो घर, छाडेको घर र भत्केको घर फर्कने कुरा हुँदेन ।’

भट्टराईले एउटा कालखण्डमा निश्चित उद्देश्यका लागि बनेका पार्टीहरुको औचित्य नयाँ कालखण्डमा समाप्त हुने भएकाले पुराना पार्टी काम नलाग्ने तर्क गरे । ‘पार्टीहरु भनेका साधन हुन्, तर साध्य होइनन् । साधन भनेको जनताको समृद्धि र खुसियाली हो’। भट्टराईले भने, ‘तरकारी काट्न चक्कु बन्छ भने खसी काट्न चक्कुले हुँदेन खुकरी चाहिन्छ ।’

भट्टराइले संघीय लोकतान्तिक गणतन्त्रमक राज्यव्यवस्था ल्याउनका निम्ति बनाएको पार्ट पछिल्लो चरणमा एकीकेत नेकपा माओवादीका रुपमा आइपुगेको र त्यसले एउटा कालखण्डको काम पुरा गरेकाले नयाँ पार्टी चाहिएको उल्लेख गरे ।

‘नयाँ युगका निम्ति पुरानो पार्टीले पुग्दैन’, उनले भने, ‘नयाँ विचार, नयाँ कार्यदिशा, नयाँ संगठन, नयाँ नेतृत्व, नयाँ शैलीसहितको पार्टी निर्माण गरेर जानुपर्छ ।’

यद्यपि भट्टराईले आफूले तत्काल नयाँ पार्टी गठनबारे नसोचेको बताए । ‘अब के गर्ने भन्ने विषयमा पुरै खाका मेरो दिमागमा छैन ।

विचार मिल्ने सबै पक्षहरुसँग, पहिलाको पार्टीभित्र रहेका, पार्टीबाहिर रहेका, अन्य पार्टीमा रहेका, कुनै पनि पार्टीमा नरहेका सबैसँग सरसल्लाह गररे कसरी अगाडि बढ्दा उपयुक्त हुन्छ, त्यो ढंगले आफूलाई प्रस्तुत गर्ने सोच मैले बनाएको छु, भट्टराइले भने ।

भट्टराईले आफूले पार्टीसँगै संसदको सदस्यसमेत छाडेको र त्यसबारे सभामुखलाई जानकारी गराइसकेको जानकारी दिए । ‘म गोरखा क्षेत्र नम्बर–१ बाट एमाओवादी पार्टीका तर्फबाट सबैभन्दा ठूलो मार्जिनबाट विजयी भएको हुँ । तर मैले पार्टी परित्याग गरिसकेपछि स्वतः नै व्यवस्थापिका–संसदको सदस्य पनि परित्याग गर्नुपर्छ ।

त्यसैले आज नै मैले संविधानसभाका सभामुखलाई पत्र लेखेर व्यवस्थापिका सदंसदबाट पनि राजीनामा दिएको जानकारी गराएको छु ।

म अब व्यवस्थापिका–संसदको सदस्य पनि छैन, कुनै पाटीको सदस्य पनि छैन ।’ पत्रकार सम्मेलनमा उनले आफू सिजवित रहँदासम्म देश र जनताको सेवामा लागिरहने प्रतिबद्धता जनाए । ९ असोज

0 comments:

Like us

 

Search

 
Enjoy the site