Thursday, October 1, 2015

भारतको सिलिगडी, नक्सलबाडीमा बसोबास गर्दै आएका नेपालीमूलका भारतीय नागरिकलाई भारत छाडेर नेपाल जान धम्की

0 comments
असोज १४ सिलिगुडी, (भारत) । पश्चिम बंगालको सत्तारुढ दल तृणमूल कांग्रेसका कार्यकर्ताले भारतको सिलिगडी, नक्सलबाडीमा बसोबास गर्दै आएका नेपालीमूलका भारतीय नागरिकलाई भारत छाडेर नेपाल जान धम्की दिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

सिलगुडी महकुमा परिषद एवं स्थानीय पञ्चायतको चुनावलाई लिएर तृणमूलका कार्यकर्ताले नेपालीहरुलाई धम्काउने र पक्राउसम्म गर्ने कार्य गरिरहेको भाकपा मार्क्सवादीका नेताले बताएका छन् ।
कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताले भने नेपालीहरुलाई धम्कीबाट नडराउन र मतदानमा भाग लिन आग्रह गरेका छन् ।

यतिबेला सिलिगुडीमा स्थानीय चुनाव भइरहेको छ । सो चुनावमा सत्तारुढ तृणमूल कांग्रेस र प्रतिपक्षी मारक्सवादी कम्युनिष्ट पार्टीवीच तीव्र प्रतिस्पर्धा छ ।

दार्जीलिङको दक्षिणी एवं तराई भेगमा पर्ने भारतको नक्सलवाडी र सिलगुडीमा नेपाली मूलका भारतीय नागरिकहरुको उल्लेख्य बसोबास छ । उनीहरु नेपाली भाषी भए पनि भारतीय नागरिक हुन् ।

नक्सलवाडीका नेपालीभाषीमाथि भएको धम्कीबारे दार्जिलिङबाट हिमालय दर्पणले यसरी लेखेको छ-

”सिलगुडी महकुमा चुनाव प्रचार अवधिमा तृणमूल कांग्रेस (टीएमसी) ले सिलगडी नक्सलवाडीमा बसोबास गर्ने नेपालीहरुलाई नेपाल जा भनेर धम्काएको आरोप माकपाले लगाएको छ । माकपा नेता केबी वातरले उक्त घटनाको घोरा निन्दा गर्दै दर्पणलाई आज बताएअनुसार चुनाव प्रचार अवधिमा हिजो राति १० बजेदेखि रातिको १ बजेसम्म टीएमसी समर्थकहरुले नक्सलबाडीका नेपालीहरु नेपाल जा भन्दै डराएर धम्काउने काम गरे । उनले भने, यसपालि चुनावमा हार निश्चित देखेर त्यहाँका नेपालीहरुलाई डराउने धम्काउने काम गर्दै आक्रमण गरिरहेको छ । पुलिस लगाएर मान्छे पक्रँदैछ । यस्तो अत्याचार बन्द गर्ने हामी माग गर्दछौं ।

सो क्षेत्रका नेपालीहरुलाई आतंकित नभइदिने अनि इच्छाअनुरुप मतदान गर्ने आह्वान गर्दै वातरले भने-नेपालीहरु नेपाल जा भन्ने टीएमसीको नाराले स्थिति बिग्रन सक्छ । यसैले त्यहाँका नेपालीहरुलाई धैर्य र शान्तिसित बसिदिने अपील छ ।

चुनावलाई मध्यनजर गर्दै टीएमसील गण्डागोल गरेको आरोप लगाउँदै यस्ता कार्यहरु बन्द गरिइनुपर्ने उनले माग गरे ।”

0 comments:

Like us

 

Search

 
Enjoy the site