Saturday, October 24, 2015

नुवाकोटमा जुवाको खालवाट नगदसहित पक्राउ

0 comments

७ कार्तिक २९७२ नुवाकोट : नुवाकोटमा प्रहरीले चाडपर्वको समयमा विकृति भित्रिएपछि जुवातास नियन्त्रण अभियान सञ्चालन गरेको छ ।

प्रहरीले नुवाकोटको विदुरबाट जुवाको खालवाट दुई महिलासहित नौ जनालाई नगदसहित पक्राउ गरेको २४ घण्टा नबित्दै शनिवार बेलुकी बट्टारबजारबाट नगथदसहित थप चारजना पक्राउ गरेको छ ।

विदुर नगरपालिका–३ बट्टारबजारस्थित सुर्दशन गुरुवाचार्यको घरमा जुवातास खेलिरहेको गोप्य सूचनाको आधारमा प्रहरीले छापा मार्दा तास खेलिरहको अवस्थामा घर मालिक ४४ वर्षीय गुरुवाचार्य, विदुर नपा–५ का ४९ वर्षीय इन्द्र आचार्य, बट्टारका ३५ वर्षीय प्रकाश पाठक र जनक श्रेष्ठ नगद ३४ हजार रुपैयाँ र ताससहित पक्राउ परेका प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिए ।

प्रहरीले शुक्रवार रातिमात्र  विदुर नगरपालिका–३ स्थित रामशरण बस्नेतको घरमा जुवा खेलाइरहेको अवस्थामा ५७ हजार चारसय १० रुपैयाँ नगदसहित नौ जनालाई पक्राउ गरेर हिरासतमा राखेको थियो ।

संस्कृतिका नाममा जुवातास खेलेर विकृति ल्याउनेलाई कानुन अनुसार कारबाही गरिने जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए ।

स्थानीय सिर्जना श्रेष्ठको डेरामा जुवा खेलिरहेको अवस्थामा प्रहरी निरीक्षक राजाराम खड्काको नेतृत्वमा गएको प्रहरी टोलीले श्रेष्ठसहित नौजनालाई नगदसहित पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ ।

प्रहरीले जुवा खेलिहेको अवस्थामा पक्राउ गरेकाहरुमा विदुर नगरपालिका वडा नं. ३ की ३९ वर्षिया सिर्जना श्रेष्ठ, सोही स्थानकी २० वर्षीया सविना केसी, १९ वर्षीय आशिष तामाङ, ५३ वर्षीय रामकृष्ण गिरी, २२ वर्षीय राजकुमार खड्का, ३२ वर्षीय प्रकाश पण्डित, २९ वर्षीय दिलीप थापा, ५३ वर्षीय गोविन्द पौडेल र ४१ वर्षीय शुक्रमान श्रेष्ठ रहेका छन् ।

प्रहरीले एकै पटक यति ठूलो नगदसहित धेरैजना पक्राउ गरेको यो पहिलो घटना हो ।  उनीहरुलाई जुवा ऐनअन्र्तगत कारवाही सुरु गरिएको नुवाकोट प्रहरीले जनाएको छ । श्रोत :अन्नपुर्ण पोस्ट

0 comments:

Like us

 

Search

 
Enjoy the site